ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बैंकिङ नाफा संकटको भित्री कथा तरलता लगानी र नीतिगत असन्तुलनको प्रभाव


सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
रमेश बाेहाेरा/
२०८२ कात्तिक २४, काठमाडौं । बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई दिशा दिने भूमिका निर्वाह गर्दै आएको थियो । तर चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक नतिजाले बैंकिङ प्रणालीभित्र गहिरो असन्तुलन र नाफा संकटको संकेत दिएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणले देखाउँछ २० बैंकमध्ये १५ वटाको नाफा घटेको छ । समग्रमा बैंकिङ क्षेत्रको नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो वर्षको १६ अर्बभन्दा बढी नाफासँग तुलना गर्दा अर्थतन्त्रको गहिरो खाडलको रूपमा देखिन्छ ।
नाफा घट्नुका कारणहरू धेरै तहका छन् । बजारमा अत्यधिक तरलता छ, ऋण असुलीमा समस्या बढेको छ, ब्याजदरमा अस्थिरता छ, लगानीयोग्य क्षेत्रमा अभाव छ र नियामक नीतिले बैंकहरूलाई कडाइमा राखेको छ । यी सबैले बैंकहरूको आम्दानी घटाउँदै वित्तीय परिसंचरणलाई कमजोर बनाएका छन् । नेपालजस्तो विकासोन्मुख अर्थतन्त्रमा यस्तो अवस्था केवल बैंकहरूको समस्या होइन यो समग्र आर्थिक अवस्थाको सूचक हो । बैंकहरूमा पैसा जम्मा छ तर लगानी छैन । बजारमा निष्क्रिय पूँजी बढिरहेको छ जसले अर्थतन्त्रको मुटुमा ‘सर्कुलेशन ब्लक’ सिर्जना गरेको छ । यसबीच ग्लोबल आईएमई बैंकले १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाउँदै अग्रस्थान सुरक्षित गर्‍यो । अघिल्लो वर्षको तुलनामा यसको नाफा २३ प्रतिशतले बढेको छ । नबिल बैंकले १ अर्ब ७५ करोड नाफा कमाए पनि अघिल्लो वर्षको तुलनामा १४.५७ प्रतिशत घट्यो । प्राइम कमर्शियल, एभरेष्ट, र कुमारी बैंक पनि एक अर्बभन्दा माथिको नाफा कायम गर्न सफल भए । तर एनएमबि, हिमालयन, प्रभु, माछापुच्छ्रे, सिद्धार्थ, लक्ष्मी सनराइजलगायतका बैंकहरूको नाफा घटेको छ । प्रभु बैंकको नाफा अघिल्लो वर्षको तुलनामा आधाभन्दा बढी घटेर ५५ करोडमा सीमित रह्यो ।
यसपटक सबैभन्दा गम्भीर अवस्था सिटिजन्स बैंकको रह्यो जसले २२ करोडभन्दा बढी नोक्सान ब्यहो-र्‍यो अघिल्लो वर्ष नाफामा रहेको बैंक घाटामा जानु व्यवस्थापनगत असन्तुलनको मात्र उदाहरण होइन बैंकिङ जोखिमको संकेत पनि हो । यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) को नाफा ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाखमा सीमित भए पनि यसको आन्तरिक सुधार प्रयासले बजारमा सकारात्मक संकेत दिएको छ । मेगा बैंकसँग पछिल्लो वर्षको जटिल मर्जर प्रक्रिया र सञ्चालन एकीकरणपछि अहिले पुनर्संरचनाको चरणमा छ । बैंकले आन्तरिक खर्च नियन्त्रण, कर्मचारी संरचना सरलीकरण, डिजिटल बैंकिङ विस्तार र ग्राहक सन्तुष्टिमा सुधारजस्ता कदम चालिरहेको छ । नाफा घटेपनि संस्थागत पारदर्शिता र व्यवस्थापन सुदृढीकरणमा देखाएको सक्रियता विशेषज्ञहरूका दृष्टिमा दीर्घकालीन सन्तुलनको आधार हो । अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरा सँग कुरा गर्दै बैंकका एक वरिष्ठ अधिकृत भन्छन् “नाफा अस्थायी रूपमा घटेको हो तर सुधार स्थायी हुनेछ ।” यो दृष्टिकोणले स्पष्ट पार्छ । बैंकको अवस्था मापन केवल तत्कालिक नाफाबाट होइन भविष्यका वित्तीय क्षमताबाट हुनुपर्छ ।
अर्थशास्त्री चिन्तामणि शिवाकोटीका अनुसार अहिलेको बैंकिङ संकटको मूल कारण तरलता र लगानीबीचको असन्तुलन हो । “बैंकमा पैसा छ तर लगानी छैन । यही विरोधाभासले नाफा घटाएको हो” उनी भन्छन् । अर्का अर्थशास्त्री डा. विश्व पौडेल भन्छन् “नेपालको बैंकिङ प्रणाली अत्यधिक प्रतिस्पर्धी बनेको छ । सबै बैंकहरू समान सेवा र ब्याजदरमा सीमित हुँदा बजार विस्तार हुन सकेको छैन । अब नयाँ उत्पादन प्रविधि र ग्राहक केन्द्रित सेवा नै टिकाउ नाफाको उपाय हो ।”
बैंकहरूको नाफा घट्नुले सरकारको राजस्वमा प्रत्यक्ष असर पारेको छ । नाफा घटेपछि बैंकहरूले बुझाउने कर राजस्व कम हुन्छ । यसले राज्यको आय घटाउँछ र पूँजी बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गर्छ । लाभांश वितरण घट्दा लगानीकर्ताको विश्वास कमजोर हुन्छ शेयर मूल्य घट्छ र पूँजी बजार सुस्त बन्छ । यति हुँदाहुँदै पनि केही बैंकहरूले संकटलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरिरहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको उदाहरण त्यसकै प्रमाण हो । मर्जरपछि सञ्जाल विस्तार, सेवा सरलीकरण, डिजिटल माध्यमबाट पहुँच वृद्धि र जोखिम व्यवस्थापन सुधारले बैंकलाई दीर्घकालीन सुदृढतर्फ धकेल्दैछ । वित्तीय विश्लेषकहरू भन्छन् “यो बैंक अहिले पुनःउत्थानको चरणमा छ । जहाँ तत्काल नाफा भन्दा संस्थागत सन्तुलनमा ध्यान दिइँदैछ ।”
वर्तमान चुनौतीहरू बैंकहरूबीचको ब्याजदर प्रतिस्पर्धा, निक्षेपका लागि युद्ध र ऋण मागको कमी हुन् । ब्याजदर अस्थिर हुँदा ग्राहक लाभान्वित भए पनि बैंकको आम्दानी घट्छ । सञ्चालन खर्च उस्तै रहँदा स्प्रेड रेट घट्छ जसले नाफा संकुचित गर्छ । यदि ब्याजदर स्थायित्वका लागि नीति नअपनाइए दीर्घकालीन स्थायित्वमा जोखिम आउने विशेषज्ञहरूको चेतावनी छ । नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा कडाइका नीति अपनाएको छ । रियल स्टेट ऋणमा नियन्त्रण, न्यूनतम तरलता अनुपात र क्रेडिट ग्रोथमा सीमा जस्ता प्रावधानहरू लागू गरेर प्रणालीलाई नियन्त्रणमा राख्ने प्रयास गरिएको छ । यी उपायले तत्कालीन नाफा घटाए पनि वित्तीय स्वास्थ्य सुधारको दिशा देखाइरहेका छन् ।
लगानीयोग्य क्षेत्रको कमी अब केवल आर्थिक समस्या होइन विकास अवरोध बनेको छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्र नीतिगत अनिश्चितताले जकडिएका छन् । परियोजनामा स्वीकृति ढिलो हुन्छ । सार्वजनिक–निजी साझेदारी कमजोर छ र जोखिम मूल्यांकन प्रणाली अभावमा छ । फलस्वरूप बैंकहरूको अरबौँ निक्षेप निष्क्रिय छन् र अर्थतन्त्र सुस्त हुँदै गएको छ । यस अवस्थाले सर्वसाधारणमा पनि प्रश्न उठाएको छ । के बैंकमा राखिएको पैसा सुरक्षित छ ? विशेषज्ञहरू भन्छन् यसबारे चिन्ता लिनुपर्ने अवस्था छैन । बैंकहरूको पूँजी पर्याप्त छ नियामक निकायको निगरानी बलियो छ । तर लगानीकर्ताको मनोविज्ञान फरक हुन्छ । जब नाफा घट्छ, लाभांश घट्छ, बजारमा विश्वास घट्छ । यो परिस्थिति केवल वित्तीय नतिजा होइन प्रणालीगत चेतावनी हो । यदि अहिले सुधार नहुने हो भने आगामी त्रैमासमा नाफा घट्ने क्रमले पूँजी बजारदेखि सम्पूर्ण वित्तीय सन्तुलनमा असर पार्न सक्छ । त्यसैले बैंकहरूले अब परम्परागत ब्याज आधारित मोडेलबाट बाहिर निस्कनु जरुरी छ । कृषि, ऊर्जा, सूचना प्रविधि, हरित वित्त र स्टार्टअप लगानीमा प्रवेश गर्नुपर्ने बेला आएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लिएको सुधारमुखी बाटो यसको उदाहरण हो । यसले नाफा घटेपनि पारदर्शिता, व्यवस्थापन दक्षता र ग्राहक सेवाको गुणस्तरमा जोड दिएको छ । यस्तो रणनीतिले तत्काल लाभ नदिए पनि दीर्घकालीन विश्वसनीयता निर्माण गर्छ ।
बैंकहरूको नाफा घट्नु केवल तथ्यांकको कुरा होइन यो अर्थतन्त्रको चेतावनी संकेत हो । ग्लोबल आईएमई, नबिल र प्राइम जस्ता बैंकहरूले अझै नाफा कायम राखे पनि समग्र प्रणाली जोखिमपूर्ण मोडमा प्रवेश गरिसकेको छ । बजारमा पैसा छ, तर लगानी छैन । ब्याजदर अनिश्चित छ, ऋण असुली कमजोर छ, उपभोग घटेको छ । यस्तो अवस्थामा समन्वित सुधार, नीतिगत स्पष्टता र प्रविधिमैत्री दृष्टिकोणबिना बैंकिङ स्थायित्व सम्भव छैन । तर अझै पनि समय बाँकी छ । यदि बैंकहरूले तत्कालिक नाफाभन्दा संस्थागत सुधारमा जोड दिए नेपाल इन्भेष्टमेन्ट मेगा बैंकजस्ता संस्थाहरूले देखाएको संयम र रणनीतिक सोचलाई अनुकरण गरे नेपाली बैंकिङ क्षेत्र फेरि पनि स्थायित्व, पारदर्शिता र विश्वासको केन्द्र बन्नेछ । अहिलेको नाफा घट्नु अन्त्य होइन यो सुधार र पुनर्जागरणको सुरुवात हुनेछ ।
(लेखक बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host