ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जन अपेक्षा अनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सबैको सामूहिक प्रयत्न आवश्यक प्रहरी महानिरीक्षक दान बहादुर कार्की


जन अपेक्षा अनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सबैको सामूहिक प्रयत्न आवश्यक प्रहरी महानिरीक्षक दान बहादुर कार्की
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, २७ कात्तिक/ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको नेतृत्वको जिम्मेवारी सम्हाल्दै गर्दा प्रहरी कर्मचारीहरूको साहस, चरित्र र व्यावसायिकतालाई सांगठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामर्थ्यको रूपमा लिएको बताउँदै यसकै जगमा अझ जनविश्वास आर्जन गर्न जनअपेक्षा अनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गराई भय रहित समाज निर्माण गर्न हामी सबैको सामूहिक प्रयत्न आवश्यक रहेको बताउनु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक कार्कीले विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकांक्षा अनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेको उल्लेख गर्दै विभिन्न आयामका सुरक्षा चुनौतिहरूको कारणले समग्र सुरक्षा संवेदनशीलता बढेको र यो विषम परिस्थिति र संकट पश्चात उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरी प्रति असाधारण किसिमका अपेक्षाहरू रहेको तथ्य प्रति आफू पूर्णरूपमा जानकार र सजग रहेको बताउनुभयो । असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकहरूको सेवाका लागि नेपाल प्रहरीका सकल दर्जाले लिएको अग्रसरता, साहस र धैर्यताको उच्च प्रशंसा गर्दै जस्तो सुकै प्रतिकुल परिस्थितिको अवस्थामा पनि तत्काल पुनर्जागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामर्थ्यलाई फेरी एकपटक पुन: पुष्टि गरेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

असाधारण परिस्थितिले असाधारण कर्तव्य परायणताको अपेक्षा राखेको हुने बताउँदै प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, ‘आजको यस परिस्थितिमा हामीले हाम्रा व्यक्तिगत स्वार्थहरूलाई थाती राखेर सुशासन प्रतिको असाधारण जनअपेक्षा अनुरूपको संगठन निर्माण र तदनुरूपको सेवा प्रवाह गर्नका लागि अहोरात्र आफ्नै काम सम्झेर, घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनुपर्ने अवस्था छ । साधन स्रोतको अभावको देखाएर बसिराख्ने छुट हामीलाई प्राप्त छैन । भनिन्छ प्रतिकुल परिस्थितिमा नै मानिसहरूको वास्तविक क्षमताको मूल्याङ्कन हुन्छ । मान्छेको वास्तविक परिचय पनि त्यही निर हुन्छ ।’

ADVERTISEMENT

नवीनतम् प्रविधिको रूपमा साइबर सम्बन्धी अपराधहरू एवम् आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू असाधारण रूपमा वृद्धि भइरहेको, लागूऔषधको दुर्व्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्थाहरू रहेको उल्लेख गर्दै यस्ता चुनौतिहरूको सम्बोधन गर्न एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैको सामूहिक सक्रियता, अग्रसरता र सिर्जनशीलता आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले संगठनात्मक र व्यक्तिगत रूपमा आम नागरिकहरू प्रतिका व्यवहारलाई अझ परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आपराधिक प्रवृत्ति विरूद्ध कठोर रूपमा र आम नागरिकसँग अपेक्षा अनुरूप व्यवहार गरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आआफ्नो आचरण र व्यावसायिकतालाई व्यक्तिगत पुँजीको रूपमा मात्र ग्रहण नगरेर सांगठनिक आस्था र सम्मानको साधनको रूपमा ग्रहण गर्नुहुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी विधिवत रूपमा स्थापना भएको करिब सात दशक लामो कालखण्डमा आइपरेका विभिन्न किसिमका उतार चढाव, आरोह अवरोह पार गर्दै संगठनलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउनु हुने अग्रज प्रहरी महानिरिक्षकहरू लगायत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रति उच्च सम्मानका साथ हार्दिक आभार व्यक्त गर्नुभयो । साथै संगठनलाई समयानुकुल विकासको अर्को चरणमा पुर्‍याउने अभिभारा सबैको साझा दायित्वको रूपमा रहेको उहाँले बताउनुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host