२८ मंसिर २०८२,काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संस्थाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३ प्रतिशत नगद (कर प्रयोजनार्थ) लाभांश वितरण गर्ने निर्णय गरेको हो। मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयर धनीलाई वितरण गरिने छ।










