ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल टेलिकमका नयाँ प्रिपेड सब्सक्रिप्सन प्याकेज सार्वजनिक


नेपाल टेलिकमका नयाँ प्रिपेड सब्सक्रिप्सन प्याकेज सार्वजनिक
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८३ असार १५, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने (Subscription-Based Model) नयाँ प्रिपेड प्याकेज सार्वजनिक गरेको छ। यस व्यवस्थाअन्तर्गत ग्राहकले एकपटक प्याकेज सक्रिय गरेपछि हरेक महिना पुनः सब्सक्राइब गर्नुपर्ने आवश्यकता नपर्ने कम्पनीले जनाएको छ। मोबाइल ब्यालेन्स पर्याप्त भएमा प्याकेज स्वतः नवीकरण हुनेछ। कम्पनीले ३० दिन अवधिका तीनवटा प्याकेज उपलब्ध गराएको छ।
‘नमस्ते किरिङ २९९’ प्याकेजको मूल्य २९९ रुपैयाँ रहेको छ। यसमा सबै नेटवर्कमा ३०० मिनेट कल, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने ४ जीबी डेटा, राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डेटा तथा नेपाल टेलिकम नेटवर्कभित्र पठाउन मिल्ने २० वटा एसएमएस उपलब्ध हुनेछन्। ‘नमस्ते किरिङ ४९९’ प्याकेज ४९९ रुपैयाँमा उपलब्ध हुनेछ। यसमा सबै नेटवर्कमा ५०० मिनेट कल, ८ जीबी डेटा, ४ जीबी नाइट डेटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस समावेश गरिएको छ।
‘नमस्ते किरिङ ७९९’ प्याकेजको मूल्य ७९९ रुपैयाँ तोकिएको छ। यसमा सबै नेटवर्कमा असीमित कल, प्रतिदिन १० जीबी (मासिक ३०० जीबी) डेटा तथा सबै नेटवर्कमा ३०० वटा एसएमएस सुविधा उपलब्ध हुनेछ। यसका अतिरिक्त, आवश्यकताअनुसार एड-अन (Add-on) डेटा प्याक पनि उपलब्ध गराइएको छ। ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी र ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डेटा लिन सकिनेछ। ग्राहकले *1415# डायल गरी प्राप्त निर्देशनअनुसार यी प्याकेज खरिद गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले वृद्धि

मुगु र बाजुराका दुर्गम क्षेत्रमा फोरजी सेवा सञ्चालन

मुगु र बाजुराका दुर्गम क्षेत्रमा फोरजी सेवा सञ्चालन

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

फिफा विश्वकप २०२६ लक्षित एनटिटिभी प्याकेज सार्वजनिक

फिफा विश्वकप २०२६ लक्षित एनटिटिभी प्याकेज सार्वजनिक

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन

नेपाल टेलिकमले तिलिचो र छो रोल्पा ट्रेकिङ रुटमा मोबाइल सेवा सुरु गर्‍यो

नेपाल टेलिकमले तिलिचो र छो रोल्पा ट्रेकिङ रुटमा मोबाइल सेवा सुरु गर्‍यो

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host