ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काठमाडौंमा मानवताका लागि कृत्रिम बुद्धिमत्ता AI for Humanity विषयमा अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न


काठमाडौंमा मानवताका लागि कृत्रिम बुद्धिमत्ता AI for Humanity विषयमा अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, साउन ७, २०८३। नेपालले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (AI) नीति लागू गर्दै राष्ट्रिय एआई केन्द्र स्थापना गरेसँगै डिजिटल रूपान्तरणको दिशामा अघि बढिरहेका बेला वर्ल्ड फोरम फर एथिक्स इन बिजनेस (WFEB) ले काठमाडौंस्थित द सोल्टी होटलमा “AI for Humanity: Navigating the Great Societal Challenges of the AI Age” विषयक विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा WFEB का अध्यक्ष तथा विश्वस्तरीय एआई नैतिकता विशेषज्ञ डा. सञ्जय प्रधान ले प्रमुख सम्बोधन गर्दै कृत्रिम बुद्धिमत्ताले नेपालका लागि विकास, सुशासन र युवा सशक्तीकरणमा नयाँ अवसर सिर्जना गर्ने बताउनुभयो। साथै, मानव मर्यादा, लोकतान्त्रिक मूल्य र मानवीय स्वायत्तताको संरक्षण गर्ने जिम्मेवार तथा नैतिक एआईको विकास र प्रयोगमा विशेष जोड दिनुभयो। उहाँले प्रविधिगत नवप्रवर्तन र नैतिक नेतृत्व एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै एआई युगमा दीर्घकालीन सफलता हासिल गर्न नैतिक नेतृत्व अपरिहार्य हुने धारणा राख्नुभयो।

डा. प्रधानले आगामी नोभेम्बर २०२६ मा हुने WFEB ग्लोबल समिटपछि नेपालमा ‘नेशनल एआई फर ह्युम्यानिटी फोरम’ आयोजना गर्ने सम्भावनासमेत अघि सार्नुभयो। सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज तथा युवाहरूलाई एउटै मञ्चमा ल्याएर उत्तरदायी र समावेशी एआईको विकासमा सहकार्य गर्न यस्तो फोरम उपयोगी हुने उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “कृत्रिम बुद्धिमत्ताको भविष्य अन्ततः मानवताको कथा हो। एआई मानवजातिका लागि सबैभन्दा ठूलो अवसर बन्छ वा सबैभन्दा ठूलो जोखिम, त्यो प्रविधिले होइन, हामीले त्यसलाई कस्तो विवेक, मूल्य र नेतृत्वका साथ मार्गदर्शन गर्छौं भन्ने कुराले निर्धारण गर्नेछ।” कार्यक्रममा ‘एआई फर ह्युम्यानिटी’ की संयोजक तथा आर्ट अफ लिभिङ नेपालकी कर्पोरेट प्रोग्राम्स निर्देशक नीभा माथेमा प्रधान ले स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर के. सिंह ले डा. प्रधानलाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो। कार्यक्रमको सञ्चालन तेन्जिङ सोनाम गोन्सार ले गर्नुभएको थियो।
WFEB बेल्जियमको ब्रसेल्समा मुख्यालय रहेको अन्तर्राष्ट्रिय सार्वजनिक हितको प्रतिष्ठान हो। गुरुदेव श्री श्री रविशंकर को प्रेरणाबाट स्थापित यस संस्थाले विश्वभर नैतिक नेतृत्व र उत्तरदायी व्यवसाय प्रवर्द्धनका लागि विभिन्न पहल गर्दै आएको छ। संस्थाको ‘AI for Humanity’ अभियानले मानव मर्यादा र मानवीय स्वायत्तताको संरक्षण गर्दै जिम्मेवार एआईको विकास, प्रयोग तथा सुशासनमार्फत मानव कल्याण प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। यसअघि सन् २०१६ मा आर्ट अफ लिभिङ नेपालले WFEB को पहिलो स्याटेलाइट सम्मेलन आयोजना गरेको थियो, जसमा ७५० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

नदी प्रदूषण गर्ने उद्योगमाथि कडा निगरानी

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

रेमिटेन्सको खानी मध्यपूर्वमा एनआरएनए सम्मेलनको तयारी तीव्र, आरसि रमेश श्रेष्ठको नेतृत्वमा १० समिति गठन

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

मन्थलीमा १०२ छात्रालाई छात्रवृत्ति दुई शिक्षक पुरस्कृत

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

तेस्रो वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पटापमा भव्य रूपमा सम्पन्न

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरकार फेरिए पनि फेरिएन मानवअधिकारको अवस्था? आयोगका सिफारिस कार्यान्वयनमाथि प्रश्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host