संगिता सुबेदी, काठमाडौं, गोकर्णेश्वर- २ स्थित श्री भीमदेव आधारभूत विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण विद्यालयका भाइबहिनीहरूलाई अघिल्ला वर्षहरूमा प्रदान गर्दै आएको छात्रवृत्तिलाई यस वर्ष पनि निरन्तरता दिँदै “छात्रवृत्ति हस्तान्तरण अभियान” अन्तर्गत छात्रवृत्ति हस्तान्तरण कार्यक्रम २०८३ साल असोज २० गते सफलतापूर्वक सम्पन्न भएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुगोस भन्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले विद्यार्थीहरूलाई अध्ययनमा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति सदस्य बालकृष्ण भण्डारी, मासिक १०० अभियान नेपालका परिकल्पनाकार सञ्जय पोखरेल, अध्यक्ष विकास श्रेष्ठ, सचिव सङ्गिता सुवेदी तथा सदस्य शिव सिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा विगतका वर्षहरूदेखि सञ्चालन हुँदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा पनि विद्यार्थीहरूलाई सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
यस पुण्य तथा सामाजिक कार्यलाई निरन्तरता दिन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति मासिक १०० अभियान नेपालले हार्दिक नमन तथा धन्यवाद व्यक्त गरेको छ। 🙏




