२०८३ कार्तिक २४। खेलकुदमा सफलता हासिल गरेको विजेता टिमले मानवीय सेवामा समेत उदाहरणीय योगदान दिएको छ। तेस्रो वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेता टिमले आफूले प्राप्त गरेको पुरस्कार राशिबाट रु. ५ हजार मनोज बचाउ अभियानलाई सहयोग गर्ने घोषणा गरेको हो।
प्रतियोगितामा विजेता बनेर प्राप्त गरेको पुरस्कारको केही अंश दुःख र समस्यामा परेका व्यक्तिको जीवन रक्षाका लागि समर्पण गर्ने टिमको निर्णयले खेलकुदसँगै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको महत्त्वलाई समेत उजागर गरेको छ।
खेलकुदले प्रतिस्पर्धा र जित मात्र होइन, सामाजिक एकता, सहयोग र सद्भावको भावना पनि विकास गराउँछ भन्ने उदाहरण विजेता टिमले प्रस्तुत गरेको छ।
मनोजको जीवन रक्षाका लागि सञ्चालन भइरहेको अभियानमा सहयोग गर्ने घोषणा गरेकोमा विजेता टिमप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ। टिमको यो सहयोगले अभियानलाई थप ऊर्जा, मनोजको परिवारलाई हौसला र अन्य सहयोगी हातहरूलाई समेत मानवीय सेवामा जोडिन प्रेरणा मिल्ने विश्वास गरिएको छ।







