जलवायु न्यायबारे आज अन्तरक्रिया हुँदै
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय मानव अधिकार विभागको आयोजनामा ‘विश्व तापमान वृद्धि, नेपालको हिमाली क्षेत्रमा पर्ने जोखिम र जलवायु न्याय’ विषयक अन्तरक्रिया कार्यक्रम आज २०८३ असोज ४ गते बानेश्वरस्थित अर्पण बैंक्वेटमा हुँदैछ।
दिउँसो १२ बजे हुने कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित जलवायु तथा विपद् व्यवस्थापन क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। कार्यक्रममा जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमाली क्षेत्रमा बढ्दो जोखिमबारे छलफल गरिनेछ।







