ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सीबीएम् कलेजद्वारा फुटसलमा विजयी प्रथमलाई १० हजार रुपैयाँ नगदसहित सम्मान


सीबीएम् कलेजद्वारा फुटसलमा विजयी प्रथमलाई १० हजार रुपैयाँ नगदसहित सम्मान
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, वैशाख २७ । काठमाडौको डिल्लीबजार चारखालमा रहेको कलेज अफ विजनेश म्यानेजमेन्ट (सीबीएम्) कलेजले फुटसल प्रतियोगितामा उत्कृष्ट समूह र व्यक्तिलाई सम्मान गरेको छ । क्याम्पसमा आज आयोजित विशेष समारोहमा फुटसल प्रतियोगितामा विजयी महिला र पुरुषतर्फ प्रथम र द्धितीय समूहलाई सम्मान गरिएको क्याम्पसका अध्यक्ष लेखनाथ कोइरालाले बताए । ‘फुटसल टुर्नामेन्ट फर एसइई अपियर्ड स्टुटेन्ड’ नाम दिइएको प्रतियोगिता काठमाडौमा भएको थियो । वैशाख २५ गते भएको प्रतियोगितामा ५० वटा समूह सहभागी थिए । प्रतियोगितामा पुरुषतर्फ एच्डब्लुसी समूह प्रथम र इन्साइड भिजन समूह दोस्रो भएका थिए । त्यस्तै महिलातर्फ एबीसी गल्र्स प्रथम र स्याण्डिज सिस्टर्स दोस्रो भएका थिए । विजेताहरुलाई क्याम्पस सञ्चालक समिति अध्यक्ष कोइराला, प्राध्यापक कल्पना खरेललगायतले सम्मान गर्दै पुरस्कृत गरेका थिए ।

ADVERTISEMENT

एस्इई दिएर बसेका विद्यार्थीहरुका लागि आयोजित प्रतियोगितामा सहभागीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । क्याम्पस सञ्चालक समिति अध्यक्ष कोइरालाले सहभागीहरुको परीक्षाफल उत्कृष्ट आओस् भन्ने कामना गरेका थिए । प्रथम पुरस्कार जित्ने समूहले नगद १० हजार रुपैंयाँसहित मेडल, ट्रफी, प्रमाणपत्र पाएका थिए भनें दोस्रो हुनेले ५ हजार रुपैंयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएका थिए । विजेतासहित सबै प्रतियोगीलाई खादा लगाएर सम्मान पनि गरिएको थियो।अध्यक्ष कोइरालाले प्रतियोगितामा सहभागी विद्यार्थीलाई उच्च शिक्षा आफूहरुकै क्याम्पसमा पढे विशेष सहयोग र समन्वय गर्ने पनि बताए । उनले क्याम्पसले पढाइमा मात्रै समय खर्च गर्ने नभई हरेक अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउने बचनबद्धता व्यक्त गरे । उनले आफ्ना क्याम्पसका विद्यार्थीहरु खेलकुदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम कमाउन पुग्नेगरी क्याम्पसले हरेक प्रकारका कार्यक्रम सञ्चालन गर्ने पनि बताए ।

वि.स.२०५४ सालमा स्थापित क्याम्पसले प्लस टुतर्फ विज्ञान र व्यवस्थापन पढाउँदै आएको छ भनें यसैपटकबाट कानुन पनि पढाउने तयारी गरेको छ । क्याम्पसमा स्नातकतर्फ भनें बीबीएस्, बीबीएम् र बीबीएस् प्लस र डिग्रीमा एमुबीएस् अध्यापन गराउँदै आएको छ । प्रतियोगितामा सहभागीहरुलाई बधाई दिँदै प्राध्यापक कल्पना खरेलले एस्इई दिएर बसेका विद्यार्थीहरुको परीक्षाफल आउन लागेको भन्दै अग्रिम बधाई दिइन् । उनले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्न क्याम्पस आतुर रहेको बताइन् । उनले परीक्षा भइरहेका कक्षा ११ का विद्यार्थीलाई पनि सफलताको शुभकामना दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host