ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७


नेपाल टेलिकम को खुद मुनाफा ९.८५ प्रतिशतले बढ्यो EPS पुग्यो रु. ४६.४७
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेपाल टेलिकम ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालन आय, खुद मुनाफा र प्रति शेयर आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको हो। कम्पनीका अनुसार तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको रु. २५ अर्ब ३१ करोड ७६ लाखको तुलनामा रु. ६१ करोड २० लाख अर्थात् २.४२ प्रतिशतले बढी हो।

ADVERTISEMENT

त्यस्तै, कुल आय रु. २८ अर्ब ८५ करोड ४८ लाख पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु. ४२ करोड ३३ लाख अर्थात् १.४९ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
मुनाफातर्फ पनि कम्पनीले सुधार देखाएको छ। तेस्रो त्रैमासिकसम्म EBITDA रु. १४ अर्ब ३८ करोड २ लाख पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा रु. १८ करोड ८० लाख अर्थात् १.३२ प्रतिशतले बढी हो।
सबैभन्दा उल्लेखनीय रूपमा खुद मुनाफा ९.८५ प्रतिशतले बढेर रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीको खुद मुनाफा रु. ५ अर्ब ७१ करोड ५ लाख रहेको थियो।

कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी (EPS) पनि बढेर रु. ४६.४७ पुगेको छ। गत वर्ष सोही अवधिमा EPS रु. ४२.३ रहेको थियो। नेपाल टेलिकमका अनुसार GSM सेवाबाट प्राप्त राजश्वमा रु. ५७ करोड ७४ लाख अर्थात् २.७६ प्रतिशत वृद्धि हुनु तथा ह्रासकट्टी खर्च ८.४६ प्रतिशतले घट्नुले खुद मुनाफा बढाउन सहयोग पुगेको हो। यद्यपि, बजारमा ब्याजदर निरन्तर घट्दै जाँदा कम्पनीको ब्याज आम्दानी भने प्रभावित भएको छ। विवरणअनुसार ब्याज आम्दानी गत वर्षको तुलनामा रु. ५७ करोड ६६ लाख अर्थात् २०.५७ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

NIMB बैंकका CEO पक्राउ

NIMB बैंकका CEO पक्राउ

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

सरकारका ४ महत्वपूर्ण निर्णय कार्यविभाजन नियमावली ई सुशासन र भूमि नियम संशोधन स्वीकृत

प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

प्रधानमन्त्री बालेन शाह पहिलोपटक संसद्‍मा बोल्दै नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

सहकारीको नाममा बचत लुट्नेहरूमाथि निर्णायक कारबाहीको माग

सहकारीको नाममा बचत लुट्नेहरूमाथि निर्णायक कारबाहीको माग

अब अनलाइनबाटै नयाँ प्रिपेड eSIM लिन सकिने

अब अनलाइनबाटै नयाँ प्रिपेड eSIM लिन सकिने

विषादीयुक्त खाद्य बजारमा छ्याप्छ्याप्ती सरकारको तदारुकता खोई?

विषादीयुक्त खाद्य बजारमा छ्याप्छ्याप्ती सरकारको तदारुकता खोई?

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host