काठमाडौं । सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ सहित चार वटा महत्वपूर्ण निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले सार्वजनिक गरेका हुन्।
सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
त्यसैगरी सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभा सदस्य सुशील खड्का र योगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। बैठकले भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ लाई पनि स्वीकृति दिएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।











