काठमाडौं । काठमाडौंमा यही जेठ ८ देखि १५ गतेसम्म सञ्चालन हुने काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि सहभागी सबै विदेशी टोली नेपाल आइपुगेका छन् । प्रतियोगितामा भारत, किर्गिस्तान, काजाकिस्तान, श्रीलंका, इरान तथा बंगलादेशका महिला राष्ट्रिय टोलीहरूको सहभागिता रहनेछ ।
नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहल मा सञ्चालन हुनेछ । सहभागी टोलीहरूको आगमनसँगै प्रतियोगिताको माहोल थप तातेको छ । प्रतियोगितामा दक्षिण तथा मध्य एशियाका उत्कृष्ट महिला टोलीहरूबीच प्रतिस्पर्धा हुने भएकाले नेपाली खेलप्रेमीमा विशेष उत्साह देखिएको छ ।











