काठमाडौं । नेपाल टेलिकम ले कम्पनीको नयाँ प्रवक्ताका रूपमा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ। कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको नेपाल टेलिकमले जनाएको छ। कम्पनीद्वारा जारी प्रेस नोटअनुसार सञ्चारकर्मी तथा सर्वसाधारणले आवश्यक जानकारीका लागि उहाँसँग कार्यालय नम्बर ०१–४२१०२०४, मोबाइल नम्बर ९८५१३७१४१५ तथा इमेल nt.spokesperson@ntc.net.np मार्फत सम्पर्क गर्न सक्नेछन्। नेपाल टेलिकमले सूचना तथा सञ्चारसम्बन्धी आधिकारिक जानकारी प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ प्रवक्ता तोकिएको जनाएको छ।











