ललितपुर, असोज २७। नेपाली कम्युनिस्ट पार्टीको मानव अधिकार विभाग र राष्ट्रिय मानव अधिकार आयोग नेपालको संयुक्त आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार आयोगको हलमा आयोजित कार्यक्रममा मानव अधिकारको संरक्षण, संवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी विषयमा छलफल गरिएको थियो। कार्यक्रममा मानव अधिकारको सम्मान, संरक्षण र कार्यान्वयनका लागि सम्बन्धित निकायबीच सहकार्य तथा समन्वयको आवश्यकता माथि जोड दिइएको थियो।









