ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अवैध लागू-औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ :”विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ कार्यक्रम सम्पन्न:”


ADVERTISEMENT

काठमाडौं, ६ असोज । “सेवा नै धर्म हो”  भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको सरसफाई तथा संरक्षण कार्यक्रमको सिलसिलामा शनिबार श्री स्वयम्भू महाचैत्य विहार परिसर, स्वयम्भूको सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी पराजुली कुँवरको नेतृत्वमा उक्त संघका पदाधिकारीहरू, स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिका सदस्यहरू, प्रहरी वृत्त स्वयम्भू, प्रहरी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय भद्र-भलाद्‍मीहरूको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । यसअघि विश्व सम्पदा सूचीकृत पशुपति मन्दिर परिसरमा समेत सरसफाई तथा फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको थियो । 

 यो पनि पढ्नुहोस् ।                                      

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ९० मिलिग्रामसहित भारत उत्तर प्रदेश बलिया ग्राम पन्चायत सुखापुरा गरवार घर भई हाल पाँचथर फिदिम नगरपालिका-१ बस्ने २० वर्षीय पवन शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले काकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३६० नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बारा, जितपुरसिमारा उपमहानगरपालिका-२१ स्थित दुधौरा खोलाको झुलुङगे पुलबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने २५ वर्षीय रंजित प्रसाद चौरसिया र जितपुरसिमारा उपमहानगरपालिका-३ छटिमाई बस्ने ३४ वर्षीय मकसुधन राउत बरै रहेका छन् । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ना.२५ प ५८१४ नम्बरको मोटरसाइकलमा सवार रंजितलाई ४ केजी र प्रदेश ३-०२-००६ प २३९ नम्बरको मोटरसाइकलमा सवार मकसुधनलाई ४ केजी गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ५ सय मिलिग्रामसहित विर्तामोड नगरपालिका-३ विर्ताबजार बस्ने २४ वर्षीय उत्सब चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही स्थानबाट मेचीनगर नगरपालिका-९ बस्ने २० वर्षीय निर्दोस डाँगीलाई अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित र उनकै साथी सोही ठाउँ बस्ने २७ वर्षीय साजन राजवंशीलाई मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोईन ९ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देही, सियारी गाउँपालिका-४ धमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ७४ मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कंचन गाउँपालिका-१ बस्ने २९ वर्षीय महेश प्रसाद थारू र २२ वर्षीय जोसेफ चौहान क्षेत्री रहेका छन् । अस्थायी प्रहरी पोष्ट छपियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

ADVERTISEMENT

सिरहा, गोलबजार नगरपालिका-६ लक्ष्मी मन्दिर बस्ने ३६ वर्षीय राम एकवाल गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

सर्लाही, बागमती नगरपालिका-३ जिरायत बस्ने ५८ वर्षीय भिम बहादुर राई र उनकै श्रीमती ५५ वर्षीया सोम माया थिङलाई अवैध लागूऔषध गाँजा १ केजी ५ सय ४२ ग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

ADVERTISEMENT
ADVERTISEMENT

यसैगरी सर्लाही, मलंगवा नगरपालिका-१० राजदेवी मन्दिर पछाडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६४ केजी शुक्रबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका अन्दाजी १५ जना व्यक्तिहरूले बोकेको प्लाष्टिकले बेरिएको १२ वटा पोका फाली फरार भएपश्चात प्रहरीले पोका तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । 

पर्सा, वीरगंज महानगरपालिका-२२ मनियारी टोलस्थित खेतबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ हजार ३ सय ३५ एम्पुल, नुर्फिन ३ हजार १ सय ६९ एम्पुल र फेनारगन ३ हजार ४ सय ११ एम्पुल शुक्रबार बेलुकी प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले खेतमा रहेको बोराभित्र उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host