ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

०२ पुष, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले गरेको करसम्बन्धी व्यवस्थाका कारण करिब १३ अर्ब बराबर राजस्व सरकारी खातामा जम्मा भएको छ । महालेखापरीक्षकको कार्यालयले पछिल्लो चार वर्षदेखि कर असुली गर्नुपर्ने भन्दै औंल्याइरहेको विषयलाई अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को आर्थिक ऐनमा राखेर कार्यान्वयन प्रक्रिया अघि बढाएका थिए ।

सरकार र अर्थमन्त्री डा महतको उक्त निर्णयका कारण लामो समयदेखि विवादित बनिरहेको यो विषयले निकाससमेत पाएको छ । आर्थिक ऐन २०८० को दफा २६ मा सरकारले ‘फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस सेयरको रकम आयमा समावेश नगरेका निकायबाट कर असुली गर्ने र यस्तो कर मंसिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने’ उल्लेख गरेको थियो ।

त्यस्तै, आर्थिक ऐनको दफा २७ मा संस्थाहरु एकापसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) हुँदा सौदाबाजी गर्दा प्राप्त हुने लाभ (बार्गेन पर्चेच गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल गर्न लगाउने निर्णय व्यवस्था सरकारले राखेको थियो । यसरी निर्धारण भएको कर पनि मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा गर्ने निर्णय सरकारले गरेको थियो ।

आर्थिक ऐनका यी व्यवस्थाबाट मंसिर मसान्तसम्ममा करिब १३ अर्ब बराबर राजस्व उठेको आन्तरिक राजस्व विभागले जनाएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आर्थिक ऐनको दफा २६ र २७ को व्यवस्थाअनुसार शनिबार सम्ममा १२ अर्ब ८१ करोड हाराहारी कर असुली भएको बताए । “५०-६० वटा संस्थाबाट यस्तो कर उठाउनुपर्ने देखिन्छ ।

कुन संस्थाले कति कर तिर्नुपर्ने हो ? र सरकारले दिएको समयसीमाभित्र उनीहरुले तिरेर छुट सुविधा लिए-लिएनन् ? भन्नेबारे ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयबाट विवरण संकलन भइरहेको छ”, मैनाली भने, “अहिलेसम्म १२ अर्ब ८१ करोड बराबर कर उठिसकेको भनेर प्रारम्भिक विवरण आएको छ । यसलाई हामी थप विश्लेषण गरिरहेका छौं ।”

आर्थिक ऐनमा के छ ?

आर्थिक ऐन २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहासम्बन्धी व्यवस्था राखिएको छ । “कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपीओ) बाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८-७९ सम्म हिताधिकारीलाई बोनस सेयरका रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ”, आर्थिक ऐनको दफा २६ मा भनिएको छ ।

त्यस्तै, आर्थिक ऐन २०८० को दफा २७ मा मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहासम्बन्धी विशेष व्यवस्था रहेको छ । “निकायहरु आपसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेच गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८-७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ”, आर्थिक ऐनमा भनिएको छ ।

सरकारको पक्षमा सर्वोच्चको फैसला

अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत एफपीओ र बार्गेन पर्चेच गेनसँग सम्बन्धित कर असुली गर्ने व्यवस्था ल्याएपछि विभिन्न बैंक तथा वित्तीय संस्था र बीमाहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई विपक्षी बनाई दायर गरिएको रिट गत बिहीबारको संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मी रहेको संवैधानिक इजलासले उक्त रिट खारेज गरेपछि सरकारलाई कर असुल्न थप बाटो खुलेको थियो । यस्तो कर मंसिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने सरकारको घोषणाका कारण अधिकांश संस्थाहरुले शुक्रबार र शनिबार नै कर तिरेका छन् ।

कर उठाउनुपर्ने महालेखाको ठहर

महालेखापरीक्षकको कार्यालयले पछिल्लो तीन वर्षदेखि आफ्नो प्रतिवेदनमा सरकारले यस्तो कर उठाउनुपर्ने उल्लेख गर्दै आएको छ । महालेखापरीक्षकको २०७७ सालको ५७ औं प्रतिवेदनमा एफपिओको प्रिमियम र मर्जर तथा एक्विजिसनको ‘बार्गेन पर्चेच गेन’ मार्फतको कर असुली गर्नुपर्ने उल्लेख छ । त्यसपछिका आफ्ना हरेक प्रतिवेदनमा महालेखाले यो विषय उठाइरहेको छ ।

विभिन्न कम्पनीले मुनाफा बाहेकको लाभांश वितरण गरेकामा त्यसबाट सिर्जित राजस्व छुट हुन गएको महालेखाले औंल्याएको भए पनि आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले उक्त छुट भएको कर रकम असुल गर्ने प्रक्रिया अघि बढाएको थिएन । तर चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो कर उठाउने र करदातालाई सुविधाका रुपमा ब्याज छुट दिने व्यवस्था ल्याएका थिए । महालेखाको प्रतिवेदनले औंल्याएका विषयलाई सरकारले कानुन बनाएर कार्यान्वयन गरेको थियो ।

महालेखापरीक्षकको कार्यालयले सेयर प्रिमियमबाट भएको वितरणमा मुनाफा बाहेकको लाभको पनि कर तिर्नुपर्ने विषयलाई पनि औंल्याउँदै आएको छ । आयकर ऐन, २०५८ को दफा ५६ (३) मा उल्लेख भएको मुनाफा बाहेकको लाभांश रकममा तोकिएको अवस्थामा बाहेकका निकायको आयमा आयकर लाग्ने व्यवस्था छ ।

त्यस्तै, आयकर नियमावली, २०५९ को नियम १८ मा मुनाफा बाहेकको रकममा हिताधिकारी सेवा उपलब्ध गराइएको वा निकायको स्वामित्वमा रहेको सम्पत्ति हिताधिकारीलाई प्रयोगका लागि उपलब्ध गराइएको अवस्थामा निकायको आयमा समावेश गर्नु नपर्ने गरी तोकेको छ । यो विषयलाई पनि सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत कार्यान्वयन गर्न खोजेको छ ।

आर्थिक विधेयक २०८० को दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था राखिएको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐनबमोजिम लाग्ने करको ५० प्रतिशत आगामी चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख गरेको छ । रासस।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host