१४ माग, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले फागुन ६ गते ४२औं वार्षिक साधारण सभा बोलाएको छ । सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबार, काठमाडौंमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । त्यसैगरी, सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक-एक जना प्रतिनिधि तोक्नेछ ।
सुचना पढ्नुहोस्।












