ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ


ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, ९ फागुन । कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ३९ वर्षीय सविन दाहाल र सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय विवेक गुप्ता रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से.५ प २०९६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, कैलाली, कैलारी गाउँपालिका-३ शिबरत्नपुरस्थित जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ गोबरैला बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदर्थसहित पक्राउ गरेको हो । सिरहा, सिरहा नगरपालिका-१७ काली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित मिर्चैया नगरपालिका-११ सियापुर बस्ने २२ वर्षीय सुरेन्द्र कुमार महरा समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले प्रदेश २-०१-००१ प ५९४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय राजकुमार स्याङ्बो, २४ वर्षीय पलगु राजकुमार स्याङ्बो र २३ वर्षीय राम कुमार स्याङ्बो रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले ग.२३ प ६४३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजकुमार र पलगुको साथबाट करिब ३६ किलो गाँजा र बा.प्र.०३-००५ प ८९८४ नम्बरको मोटरसाइकलमा सवार राम कुमारको साथबाट करिब १८ किलो गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रह्मदेब बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १५ मिलिग्रामसहित भारत बरेली रसोला तालिब हुसेईन महल्ला बस्ने ३५ वर्षीय रहद अहमदलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध ब्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ रेलडण्डी कलुवापुर बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई अवैध लागूऔषध चरेश २१ ग्राम ६३ मिलिग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले चुनारले आफ्नै घरमा संचालन गरेको नरेन्द्र मदिरा बिक्री केन्द्रबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

बाँके, राप्तिसोनारी गाउँपालिका-८ गल्लिकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका-५ बस्ने २७ वर्षीय रमेश बडुवाल र २८ वर्षीय गोपाल बम रहेका छन् । प्रहरी चौकी ढकेरीबाट खटिएको प्रहरीले लु.९४ प १२९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजानाथ गाउँपालिका-१ राराबस्ति बस्ने २६ वर्षीय रामलाल भन्ने निकेश रावललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानी बाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा हिड्डुल गरिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ADVERTISEMENT

काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ दुरसंचारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही नगरपालका-५ किसिपडी बस्ने बारा महागढीमाई नगरपालिका-४ घर भएका २४ वर्षीय दिलिप कुमार साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट बाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित सोही नगरपालिका-५ घैलाडुब्बा बस्ने २८ वर्षीय मनिष राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२७ प ३८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राईलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host