२०८१ वैशाख ३, काठमाडौँ । आयाेगले स्थगित गरिएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्ने भएको छ। प्रेस विज्ञप्ति सार्वजनिक गर्दै,आयोगको मिति २०८०/११/१३ गतेको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर मिति २०८०/ ११/१४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा मिति २०८१/०१/२५ गतेदेखि र बाँकी सबै जिल्लामा मिति २०८१/०१/०३ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ प्रदेश/जिल्ला निर्वाचन अधिकारीले प्रमुख नाम दर्ता अधिकारीको रूपमा काम गर्नेगरी मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य मतदाता नामावली ऐन, २०७३ को व्यवस्था बमोजिम सुचारु गरिएको जानकारी गराएको छ।
विज्ञप्तिमा भनिएको छ,पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि-रजिष्ट्रेशन प्रणाली मार्फत् आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन (Out of District Registra-tion ODR) को कार्य साविकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ। त्यसैगरी कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकता सम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडा भित्रको मतदान स्थल लगायतका विवरणमा रहेको त्रुटि सच्याउन, मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउन निवेदन दिन र झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिन समेत सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ। प्रेस विज्ञप्तिको पूर्णपाठ _












