ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम


मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

वैशाख १६, काठमाडौं । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।बैशाख १५ गते शुक्रबारको दिन समाजको कतार शाखाले दोहाको सनैया स्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा भव्य कार्यक्रम आयोजना गरेको हो । कतार शाखाका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा एन.आर .एनए.का पदाधिकारी तथा कतारस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिका साथै पत्रकार एवं बुद्धि-जीविहरुको पनि बाक्लो उपस्थिति थियो । शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि एवं मधेश प्रदेशका अर्थमन्त्री यादवले नेपालको वर्तमान राजनीति र मधेशको पिछडिएको अवस्था एवं विकासका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

ADVERTISEMENT

नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले रोजगारीको सिलसिलामा कतारमा रहेका लगभग साढे तिन लाख नेपालीमध्ये प्रदेशको हिसाबले मधेश प्रदेशबाट कतारमा सबैभन्दा धेरै नेपाली दाजुभाई रहेको बताउनुभयो । मधेशका दाजुभाई नेपालबाट कतार आउँदा धेरै ठगिएको आफूले पाएको बताउदै कार्यवाहक राजदूत राईले आगामी दिनमा ठगिनबाट जोगिन सबैलाई आग्रह गर्नुभयो । आफू मध्यपहाडी भेगको भएपनि मधेसका दाजुभाईप्रति अत्यन्तै माया र सम्मान रहेको उहाँको भनाइ थियो ।
समाजका संस्थापक डा. यादवले मधेशका सबै जातजाति र समुदायलाई एकताबद्ध गर्नु, मधेशका भाषा र संस्कृतिको संरक्षण गर्नु एवं देश र मधेशको विकासमा योगदान दिनु मधेशी एकता समाजको मुख्य उद्देश्य रहेको बताउनुभयो । यस्तै, मधेशको सामाजिक विकृति विसंगति उन्मूलनमा योगदान, मधेशीमा आत्मनिर्भरताको विकास र मधेशी परम्पराको संरक्षण लगायतका कार्यहरु पनि एकता समाजको लक्ष्य रहेको डा.यादवको भनाइ थियो । कार्यक्रममा सहभागी हुन कतारभरिबाट सयौंको संख्यामा मधेशी समुदायका व्यक्तिहरु दोहा पुगेका थिए । सो अवसरमा उनीहरुले एक-अर्कालाई शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा तराई–मधेसका सांस्कृतिक गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए ।

यस्तै अतिथिदेखि सहभागीहरुलाई तराई-मधेसको सांस्कृतिक खानाका परिकार पस्किएको थियो । नेपालको राष्ट्र गानबाट सुरु भएको कार्यक्रममा समाजको कतार शाखाका कोषाध्यक्ष गौतम शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कतार शाखाका महासचिव चन्द्रवीर यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा समापन मन्तव्य राख्नुहुँदै कतार शाखाका अध्यक्ष महतोले निमन्त्रणा स्वीकार गरी कार्यक्रममा उपस्थित भएका सबैलाई नयाँ वर्ष, जुडशीतल र ईद उल फित्र पर्वको शुभकामना दिनुभएको थियो । यस्तै कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्ने सबैलाई महतोले धन्यवाद समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

ठगी कार्यमा संलग्न दुई जना विदेशी नागरिक पक्राउ

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले कतारबाट अध्यक्षका प्रत्याशी आरके शर्मासँगै गरे उम्मेदवारी घोषणा

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका दाेषीलाई नेपाल फिर्ता ल्याइयो

सुडान गृहयुद्ध ,युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

जी-सेभेन शिखर सम्मेलन आज सम्पन्न हुँदै, रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host