१९ जेठ काठमाडौं। नयाँ पाईला समाज नेपालको आयजनामा वृहत् खुल्ला रक्तदान एवम् निशुल्क स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य शिविर कार्यक्रम शंख-पार्क धुम्बाराही काठमाडौँमा जेठ १९ गते शनिबार बिहान ७:३० बजे बाट दिउँसो २ बजेसम्म गरिएको थियो। सयाैं जनाको निशुल्क सेवा उपचार गरिएको साे अवसरमा मधुमेह, रक्तचाप, ब्लडप्रेसर ,ब्लड डोनर्स, नशा जाँच,आँखा जाँच, दाँत परिक्षण एवम् सफाई, लगायतका शिविर संचालन गरिएकाे र आउने पेसेन्टलाई श्वास्थ्य सम्बन्धि आवश्यक सुझाव परामर्श दिएको स्राेतले जनाएको छ। त्यस्तै किर्तिपुर आँखा अस्पताल, ऊँ समाज डेण्टल, अक्सिजन क्लिनिक, शिवपुरी हेल्थ केयर सेन्टर, केन्द्रीय रक्तसञ्चार सेवा साेल्टिमाेड, लगायतका संस्थाहरुले निशुल्क स्वास्थ्य शिविरको सेवाहरू उपलब्ध गराएका थिए। रक्तदान गर्ने दाताहरुबाट २६ पाउण्ड ब्लड कलेक्सन गरिएको स्राेतले जानकारी गराएको छ।












