ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा


हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा
ADVERTISEMENT
ADVERTISEMENT

३१ जेठ , काठमाडौं । २०७८ माघमा परिवार नियोजन सङ्घले छलफल गर्‍यो काभ्रेको धुलिखेलमा। लिङ्ग परिवर्तनको कानुनी व्यवस्थाका लागि लबिङ गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई सहभागी गराइयो छलफलमा। लिङ्ग परिवर्तनको कानुनी व्यवस्था नभएको सुझाए उनले। वैवाहिक समानताको कानुन निर्माणका लागि न्यायालयको ढोका घचघच्याउन आफूले सघाउने प्रतिबद्धता समेत जनाए त्रिपाठीले। केन्द्रीय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले घर परिवार गणनाका आधारमा अनुमानित तथ्याङ्क सार्वजनिक हुने जानकारी दिए। उनले भने अनुसार अन्य लैङ्गिक पहिचानका नागरिकको सङ्ख्या देशभर २९२८ रहेका सार्वजनिक पनि भयो। उनले भनेका थिए, दाताले पैसा दियो भने हामी सर्वे गर्नका लागि बास्केटफण्ड राखिदिन्छौ।राष्ट्रिय जनगणनामा छुटाएको केन्द्रीय तथ्याङ्क कार्यालयले सर्वे गरेर समुदायको वास्तविक सङ्ख्या निकाल्ने भन्यो। सर्वेको तयारी स्वरूप नेपालमा गर्न लागेको सर्वेका लागि भुटानमा बैठक बस्यो। बैठकमा सहभागी थिए, नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी), क्रुज एड्स, एफएसजिएमएन, मितिनी नेपालसहितका प्रतिनिधि।

त्यसयता सामूहिक छलफल भएको जानकारीमा आउन सकेको छैन। तथ्याङ्क कार्यालयका निर्देशक लामिछानेले यो वर्ष सर्वे नहुने बताइसकेका छन्। दातृ निकायबाट रकम प्राप्त नभएकाले सर्वे गर्ने प्रक्रिया नै सुरु नभएको उनले बताए। परिवार नियोजन सङ्घले धुलिखेलमा गरेको छलफलपछि तत्काल कार्यान्वयनमा ल्यायो हर्मोन क्लिनिक। हर्मोन क्लिनिकबाट सुरु गरेर नेपालमै लिङ्ग परिवर्तनको सेवा दिने रणनीति बनाएको परिवार नियोजन सङ्घ हर्मोन क्लिनिकको नै विरोध हुन थालेपछि हच्किएको छ। ब्लु डायमन्ड सोसाइटी, एफएसजिएमएन, क्रुज एड्स नेपाल, मितिनी नेपाल भने हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी धन्धा चलाउन हात धोएरै लागेका छन्। यसको विरोध गर्नेलाई सामाजिक सञ्जालमार्फत प्रतिकार गर्न कर्मचारी नै राखेका छन् ती संस्थाका नेतृत्वले। हर्मोन क्लिनिक सञ्जालका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले अनुदान सहयोग दिएको खुलासा समेत भएको छ। हर्मोन क्लिनिकका लागि युएसएआइडी  एफएचआई ३६० अन्तर्गत इपिक नेपाल परियोजना मार्फत क्रुज एड्स नेपालले अनुदान रकम समेत पाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

युएसएआडीले २०७८ तिरै हर्मोन क्लिनिक सञ्चालन गर्न अनुदान दिएको क्रुज एड्स नेपालमा कार्यरत समुदायका एक सदस्यले पहिचानलाई जानकारी दिए। युएसएआइडीले आर्थिक सहयोग गरेको हो हर्मोन क्लिनिक सञ्चालन गर्न,तर कहाँ खर्च भएको छ, थाहा छैन,उनले भने,नाम लेखिदिनुभयो भने पिंकीको तारोमा परिन्छ, कामबाट निकाल्छन्। ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी) क्रुज एड्स नेपालकी प्राविधिक सल्लाहकार छन्। गलत कामको विरोध गर्नेलाई माटोमै मिलाउने धम्की दिने उनी पहिचान मिडियाको सम्पर्कमा आउन चाहिनन्। उनले फोन काटिन्। हामी सडकमा उभिनु पर्ने, हाम्रो नाम बेचेर हाम्रै बदनाम गर्ने? काठमाडौं ठमेलमा भेटिएका तेस्रो लिङ्गीले प्रश्न गरे। नेपालको आफ्नो पहिचानमा धावा बोलेर विदेशीको इशारामा नाच्नेहरूका कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय पीडामा परेका छन्।

पिंकी समुदायलाई उचाल्ने र पछार्ने काममा भिडेरै लागेका छन्।  विदेशी अनुदान सहयोगको बलमा सोझासाझा समुदायका सदस्यमाथि लाठी प्रहार गरेका छन् उनले। धुलिखेलको छलफलमा हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनले व्यक्तिको स्वास्थ्यमा जटिल समस्या ल्याउने बताएकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीलाई यिनै संस्थाका नेतृत्वले बाइपास गरेका छन्। समुदायको नाममा करोडौँ रकम गैरसरकारी संस्थाले भित्र्याइरहेका छन्। समुदायको अवस्था परिवर्तनका नाममा भित्र्याउने रकम अनियमित तवरले खर्च हुने गरेको समुदायका अर्को एक सदस्यले बताए। ब्लु डायमन्ड सोसाइटीमा कार्यरत प्रोग्राम म्यानेजरले काठमाडौँमा जग्गा किनेर घर ठड्याएका छन्। हाम्रो अवस्था सडकमा उभिनुपर्ने छ,ब्लु डायमन्ड सोसाइटीमा काम गर्ने प्रोग्राम म्यानेजरले घर ठड्याएका छन्,ती सदस्यले भने हर्मोन क्लिनिक सञ्चालन गर्नुको साटो सिटामोल पाउन नसकेका नागरिकलाई सहयोग गरेको भए चित्त बुझ्थ्यो, यिनीहरू (नामै लिएर पिंकी, मनिसा, सञ्जय, सिमरन)ले त हाडीघोप्टे शैली पो अपनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host