सन्तोष प्रसाद तिवारी ।
२०८१ साउन २५ / काठमाडौँ । कोरोनाको नयाँ नयाँ भेरियन्ट अझै सम्म विश्व व्यापी रूपले फैलिरहेको अवस्थामा अर्काे खतरनाक र काेराेना भन्दा पनि शक्तिशाली रोगको प्रकोप एवम् महामारीको सम्भाव्यता डेंगी नामक लामखुट्टेको टोकाइबाट हुने लक्षण तिव्र गतिमा बढीरहेको छ। यो रोग डेगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्दछ । रोगबाट बच्नका लागि र सुरक्षाको उपाय अपनाउन बेलैमा राज्यले हरेक स्थानीय निकायमा पहिले नै डेंगी सम्बन्धि सचेतना मुलक सूचना एवम् रोकथामका उपायबारे सुसुचित गराउन आवश्यक देखिन्छ । हाल डेंगी फैलाउने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने किटनाशक औषधि नेपालमा भित्रिएको छ । उक्त औषधी भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक किटनाशक औषधि सफल स्वास्थ्य सेवा प्रालिले नेपाल भित्र्याइसकेको छ । यो किटनाशकलाई लार्भा भएको पानीमा हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एकप्रकारको टक्सीड निस्किएर लार्भा मर्ने विज्ञहरुले औंल्याएका छन् । रोग लाग्नु भन्दा अघि नै सुरक्षित हून विज्ञहरूले सबैलाई सल्लाह सुझाव पनि दिएका छन्।
यो किटनाशको प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले परिक्षण गरी अनुमती दिएकाे छ भने , भारत सरकार र नेपाल सरकारबाट पनि स्विकृत प्राप्त गरीसकेकाे बताइएकाे छ। ‘यो मृत्यु भएका जिल्लाहरुबाट निर्मित भएको हुँदा किटजन्य जीवलाई मात्र असर गर्ने वैज्ञानिक पुष्टि भएको हो,‘यसले जीव तथा मानिसमा असर नगर्ने , यो औषधी १५ दिनको फरकमा
प्रयोग गर्न सकिने , यसकाे प्रविधि समेत सुरक्षित रहेको उत्पादक र कम्पनीको दावी छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. G D ठाकुरले नेपालमा महामारीको रुप लिने डेंगी फैलाउने स्रोत नष्ट गर्नका लागि यो विषादी प्रयोग गर्न उपयुक्त हुने बताए। त्यस्तै ,डेंगी प्रकोप निन्त्रणका लागि भिजन ट्रेड लिंक प्रा.लिले देशैभरका स्थानीय तह, विद्यालय , प्रदेश र संघिय सरकारसँग समन्वय गरेर आवश्यकता अनुसारकाे किटनाशक औषधी उपलब्ध गराउने र पुर्व तयारीको लागि प्रथम चरणमा स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने जानकारी गराएको छ । डेंगीको लक्षणहरू – उच्च ज्वरो आउनु, जोर्नी र मांशपेशीहरू, आँखाकोगेडी र टाउको बेस्सरी दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु आदी हुन् ।












