२५ भदौ – काठमाडौं । प्रतिनिधि सभा बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा दिउँसो १:०० बजेदेखि सुरु हुने भएको छ । संसदकाे दैनिक कार्यसुचि अनुसार आजको बैठक तय गरीएकाे हाे। बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची समेत रहेको छ ।













