ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बाढीपहिरो पीडितको उद्धार, राहत र पुनस्थापनामा जुट्ने माओवादी केन्द्रको निर्णय


बाढीपहिरो पीडितको उद्धार, राहत र पुनस्थापनामा जुट्ने माओवादी केन्द्रको निर्णय
ADVERTISEMENT

१५ असोज, काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितको उद्दार राहत र पुनस्थापनाका लागि योजननावद्ध रूपमा काम गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन बिभाग र विपद व्यवस्थापन विभागको संयुक्त बैठकले विपदका समयमा सूचना संकलन र सम्प्रेषण तथा बिपदपछिको राहत र पुनस्थापनाका बिषयमा एकिकृत योजना लागु गर्ने निर्णय गरेको हो । गत शुक्रबारदेखि दुई दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको जनधनको क्षति तथा त्यसपछिको राहत र पुनःस्थापनाको कार्यका लागि  पार्टीका जनसंगठन, मोर्चा, स्थानीय तथा प्रदेश समिति सम्ममा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी भित्रका सबै जनसंगठन मोर्चाहरुलाई उद्धार राहत र पुनःस्थापनाका कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा सूचना डेक्स सञ्चालन गरेर त्यसमार्फत आधाकारिक सूचना प्रवाह गर्ने भएको छ । बैठकले प्रभावित क्षेत्रमा खाद्यान्न लत्ताकपडा लगायतका अत्यावश्यक सामाग्री सहित उद्धारमा खटिन समेत निर्देशन जारी गरेको छ ।

ADVERTISEMENT

बैठकले सरकारले समयमै पहलकदमी लिन नसकेको कारण मनसुनजन्य विपदबारे जानकारी हुँदा हुँदै पनि उपत्यकाभित्रै उद्धारको अभावमा धेरै मान्छेको मृत्यु भएको निष्कर्ष निकालेको छ । बिपदप्रति सरकारको उदाशीनता र हेलचेक्र्याईका  कारण  उद्धार कार्यमा भएको ढिलासुस्ति तथा समन्वयको अभावले उपत्यकाभित्रै धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको बैठकको निष्कर्ष  छ । सरकारी संयन्त्रहरूको उचित परिचालन गर्न नसक्दा र सरकार विहिनताको अभावले देशभरी विपदका कारण धेरै नागरिकहरुले ज्यान गुमाएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ  ।

ADVERTISEMENT

हालै राजधानी लगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारणले विभिन्न भागमा बाढी पहिरो र डुबानमा परी झण्डै २०० जना भन्दा बढी नागरिकहरूको निधन भएको छ भने अझै पनि दर्जनौ सङ्ख्यामा व्यक्तिहरु हराइरहेका छन् । यस्तै कयौं घाइते भएका छन् भने अधिकांश नदी किनारका घर बस्तिहरू खण्डहरमा परिणत भएको छ  । यस्तो अवस्थामा पीडित नागरिकहरूको उद्धारमा खटिन माओवादी केन्द्रले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो । यस्तै माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको छ । साथै पार्टीले जबस तथा मोर्चाहरू सहित पार्टी संगठनको समन्वयमा उद्धार तथा राहत कार्यमा खटिनको लागि पार्टीले विशेष परिपत्र समेत जारी गरिसकेको छ । पार्टी केन्द्रको केन्दिय पदाधिकारी बैठकको निर्णय अनुसार पार्टीका बिभिन्न समिति तथा जनसंगठनहरूले उद्धार र  राहतका काममा जुटिसककेका छन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host