ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । अर्थ समितिको ४६ औं बैठकमा आज ४ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । तालिकाकाे बैठक अनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बसि बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुने छ । अर्को बैठकमा बिहान ११ बजे नै पूर्वाधार विकास समिति, दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने संघीय संसद सचिवालयको सुचनामा जनाएको छ । 













