दिपक योगी – पुष १२, काठमाडौं । मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित मध्यपुर महोत्सव आजबाट सुरु भएको छ । २०८१ पौष १२ , १३ र १४ सम्म हुन गइरहेको आज महोत्सवको पहिलो दिन प्रमुख अतिथि नेपाल सरकारका उप- प्रधानमन्त्री एवम् शहरी विकाश मन्त्री माननीय प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको छ । मन्त्री सिंहले उद्घाटनकाे क्रममा बाेल्दै यस मध्यपुर थिमी नगरपालिकालाई बिश्वसामु चिनाउन र पर्यटन बिकाशको लागी नेपाल सरकारबाट आफुले विभिन्न प्रयास गर्ने,साथै यस नगरपालिकालाई मात्र नभई नेपालको सबै नगरपालिकालाई बिश्वमाझ चिनाउन र पर्यटन बिकाशको लागी पहलकदमी गर्ने विश्वास दिलाउनुभयाे।
सिंह भन्नुहुन्छ , तपाईं हामीले चिन्न नसकेको र थाहा नपाएको धेरै कुराहरु यो ३ दिने महोत्सवमा जान्न र थाहा पाउन सक्नुहुनेछ । हामीले पहिला आफू जन्मिएको ठाँउ थलोलाई र हाम्रो धर्म , संस्कार, संस्कृती ,परम्परालाई चिन्नुपर्दछ अनि मात्रै अरुलाई चिनाउन र बुझाउन सकिन्छ, मन्त्री सिंह भन्नुहुन्छ । त्यस्तै हाम्रो पुर्खाहरुले सिकाएर गएको विभिन्न परिकारको खाना , परम्परागत र रचनात्मक कला , सीप ,ज्ञान संस्कार ,सभ्यताहरुलाई जिवन्त राख्नको लागी यो महोत्सव आयोजना गरिएको हो, देशमा रोजगार छैन भन्दै दिनहुँ युवाहरू विदेशीदै गरेकोले यही महोत्सवबाट पुर्खाले जस्तै हामीले पनि काम गरे हुन्छ आफुमा काम गर्ने इच्छा छ, भने आफ्नै देशमा ठाँउ प्रसस्त छ भन्ने जिकिर उहाँले गर्नुभयो । मेयर, उपमेयर ,स्थानीय नेतृत्व,सरकारी कर्मचारी ,हरेक दलका नेता कार्यकर्ता , पत्रकार , कलाकार , स्थानीय बाजागाजा सहितको टाेली, स्थानीयवासि लगायत अन्य शुभेच्छुक एवम् मेलामा अवलाेकन गर्नेहरु सहभागीतामा कार्यक्रम भव्य र सभ्य रुपमा उद्धाटन गरिएको थियोे ।











