१३ पुष ,ललितपुर । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न नेविसंघले राष्ट्र व्यापि एकैसाथ सदस्यता वितरण अभियान चलाएकाे छ। केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार प्रारम्भिक चरणको रुपमा सदस्यता बितरण तथा सुझाव संकलन अभियान चलाएकाे नेविसंघकि विद्यार्थी नेतृले बताएकी छिन्। महाधिवेशन लक्षित अभियान मिति २०८१/९/७ देखि १२ गते सम्म चलेकाे स्रोतले जनाएको छ। त्यस्तै महालक्ष्मी क्याम्पसमा केन्द्रिय प्रतिनिधिको रुपमा रहेकी नेविसंघ कि केन्द्रिय सदस्य सुमित्रा घिमिरेको नेतृत्वमा महालक्ष्मी क्याम्पसका ने वि संघ इकाई सभापति विनय नेम्कुलको सभाध्यक्ष, महालक्ष्मी क्याम्पस नेविसंघ इकाई समितीको ब्यवस्थापन र ललितपुर क्षेत्र न -२ नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाको संयोजकमा बिनिता सेन्चुरीकाे उद्घोषणमा सम्पन भएको बताईएकाे छ।
कार्यक्रममा नेविसंघको ईतिहास,संघर्ष ,बलिदानी, प्रजातान्त्रिक आन्दोलन देखि गणतन्त्र सम्मको आन्दोलन ,निरंकुशताकाे विरोध देखि एकात्मक राज्यशत्ताकाे अन्त्य र सफलता ,हरेक आन्दोलनमा विद्यार्थीले खेलेको महत्त्वपूर्ण भुमिका र वीर बिराङ्गानाहरुले देखाएको साहस र बलिदानीकाे विषयमा समेत चर्चा गर्दै ईतिहास भुल्न नहुने भन्दै सवाल-जवाफ भनाइहरु बहसमा उठाईएकाे स्राेतले जनाएको छ। त्यस्तै कार्यक्रममा प्रमुख अथितिको रुपमा ललितपुर क्षेत्र न-२ का नेपाली कांग्रेसका पार्टी सभापति महेश खड्का ,विशिष्ट अथितीमा महालक्ष्मी नगरपालिकाका नगरसभापति ,ललितपुर क्षेत्र न: २ का विबेक कुमार कार्की , विशिष्ट अथितीमा : नेपाली कांग्रेस बाग्मती प्रदेशका प्रदेश सदस्य सुमन घिमिरे, नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनी, नेविसंघ नगर सभापति युनिक महर्जन, नगरपालिका का नेविसंघ नेता युकेस महर्जन,महालक्ष्मी क्याम्पसकी नेविसंघ सचिव रितु कुँवर, नेविसंघ कोषाध्यक्ष सृजना श्रेष्ठ लगायतकाे उपस्थिति रहेको थियो । त्यस्तै आयाेजकले आउँदाे महाधिवेशन तयारीलाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा साथ सहयाेग गर्ने सबैलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।













