ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री आउँदै


नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री आउँदै
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
९ फागुन , काठमाडौं । नेपाल मेडिकल कलेजले स्थापनाको २५ औं वर्ष (रजत जयन्ती) भब्यताका साथ मनाउने भएको छ । कलेजले आज एक विज्ञप्ती जारी गर्दै फागुन १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रजत जयन्ती भब्यताका साथ मनाउन मनाउन लागेको जनाएको छ । अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा पहिलो पटक ‘नेपाल र नेपालीका लागि नेपाली लगानी’ भन्दै २०५६ सालमा स्थापना भएको नेपाल मेडिकल कलेजको रजत जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको जनाउनु भएको छ । रजत जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, विशिष्ट अतिथीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कानुनमन्त्री लगायतको उपस्थिति रहने कार्यक्रम छ ।

रजत जयन्तीकै अवसरमा कलेजको रजत जयन्ती स्तम्भ अनावरण, नवनिर्मित डेण्टल भवनको उद्घाटन तथा रजत जयन्ती स्मारिका लोकार्पणको कार्यक्रम छ । यस्तै गरी कार्यक्रममा कलेज स्थापनामा महत्वपूर्ण योगदान पुर्याउनु हुने संस्थापकहरुलाई सम्मान समेत गरिने कार्यक्रम छ । अध्यक्ष प्रा.डा. अन्सारीले चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै राज्यले चिकित्सा शिक्षाको विकास र प्रवर्द्धनमा तयार पारेको योजना, नीति र कार्यक्रमहरुमा निजी क्षेत्रले हातेमालो गरेकै कारण आज नेपालको चिकित्सा शिक्षा विश्व बजारमा विस्वसनीय र सम्मानीत बन्न पुगेको बताउनु भएको छ । उहाँले मुलुकको स्वास्थ्य सेवामा सरकारी तवरबाट ४० प्रतिशत योगदान पुर्याउँदा निजी क्षेत्रले ६० प्रतिशत योगदान पुर्याएको तथा चिकित्सा शिक्षातर्फ सरकारी तवरबाट २० प्रतिशत भूमिका निर्वाह गर्दा बाँकी ८० प्रतिशत योगदान निजी क्षेत्रको रहेको जिकीर समेत गर्नु भएको छ ।

स्वास्थ्य सेवामा पछिल्लो समय भित्रिएका नविनतम् स्वास्थ्य प्रविधिहरुलाई आत्मसात गर्दै विभिन्न विषयगत विज्ञ स्वास्थ्यकर्मीहरुबाट उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकोले नेपाल मेडिकल कलेज हरेक नागरिकका मन मस्तिष्कमा बस्न सफल भएको उहाँको भनाई छ । स्वास्थ्य सेवातर्फ कलेजले जनरल स्वास्थ्य सेवासँगै विशिष्टीकृत स्वास्थ्य सेवाहरु सञ्चालन गर्दै आइरहेको छ भने, नेपाल सरकार, विभिन्न निकाय र स्थानीय तहसँग समेत सहकार्य गरी स्वास्थ्य उपचार सेवामा जनताको पहुँच अभिबृद्धि गराउन विभिन्न प्रकारका स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । ‘कलेजमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरबासी स्वास्थ्य सेवा, विपन्न नागरिक उपचार कार्यक्रम सञ्चालित छन् । यस्तैगरी, निःशुल्क क्यान्सर उपचार सेवा, हेमोडायलाइसिस सेवा समेत सञ्चालन गर्दै आइरहेको यस कलेजमा स्वास्थ्य मन्त्रालयले गरिब, विपन्न वर्गका लागि निर्धारण गरेको १० प्रतिशत निःशुल्क शैया समेत उपलब्ध रहेको जानकारी गराउँदछौं । कलेजले स्वास्थ्य सेवातर्फ बहिरंग सेवाबाट वार्षिक रुपमा करिब ३ लाख ५० जनालाई स्वास्थ्य सेवा दिइरहेको छ । भने, हरेक वर्ष करिब ४० हजारलाई अन्तरंग उपचार सेवा दिइरहेको छ ।’ कलेजले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने कर्ममा कलेजले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउँदै हालसम्म एमविविएसमा २२६२ जना, विडिएसमा ३३५ जना एमडि/एमएस र एमडिएसमा ३२४ जना, सुपरस्पेशियालिटी अन्तरगत डिएम एमसीएचमा ८ जना, विएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा २०८ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको कलेजको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host