ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ


गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं,१७ फागुन २०८१ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गर्नुभएको हो।समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्वपूर्ण व्यक्तित्वहरू,युवा तथा विद्यार्थीहरू,चलचित्र कर्मीहरू,कला र संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ भएको यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । लागूऔषध समाजमा घातक चुनौतिको रूपमा देखा परेको र लागूऔषध दुर्व्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौन जन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटना जस्ता अपराधहरूमा समेत वृद्धि भइरहेकोले यसको न्यूनिकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासको साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानको रूपमा लागूऔषध विरूद्ध लड्न जरूरी रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै गएको प्रमुख समस्याको रूपमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । लागूऔषध दुर्व्यवसनले सामाजिक अपराधलाई समेत बढावा दिने हुँदा यसको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको सक्रिय सहभागीता, समन्वय,साझेदारी र सहयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याको रूपमा देखा परेको लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गईरहेकोले यसको न्यूनिकरण र रोकथाम समेत संवेदनशील विषयको रूपमा देखापर्दै आएको बताउनुभयो । व्यक्ति, परिवार र समाज मात्र नभई समग्र राष्ट्रलाई नै असर पर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन नसकेको खण्डमा उत्पादनशील तथा सिर्जनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि वृद्धि हुन जाने हुँदा यसको विरूद्ध सामुहिक प्रतिवद्धता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । सुरक्षित, स्वच्छ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा समेत यसको निरन्तरता हुने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध विरूद्ध जनचेतना फैलाउँदै यसको न्यूनिकरण तथा नियन्त्रणका लागि सामाजका सबै तह र तप्कालाई सम्मिलित गराई विशेष प्रकृतिको परिणाममुखी अभियान संचालनको आवश्यकता रहेको बताउँदै समाजको नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र युवा समुहहरू एवम् सामाजिक आदर्शका रूपमा समाजसँग नजिक रहेका अभिभावक, शिक्षक, कलाकार तथा सञ्चारकर्मीहरू समेतको सहभागीताले यस महाअभियानको प्रभावकारीता र गुणस्तरीयता बढ्न गई परिणाममुखी हुने अपेक्षा रहेको बताउनुभयो । लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने हुँदा यसको लागि सरोकारवाला सबै पक्षहरूको संयुक्त सहकार्य, साथ, सहयोग र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले लागूऔषध कारोबार तथा दुर्व्यवसनीका घटना न्यूनिकरण र नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्दै नेपाल प्रहरीबाट चालिनुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल तथा ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पाबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., वरिष्ठ कलाकार सरोज खनाल, सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल, पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित लगायतले आ-आफ्नो प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट गिती नाटक सम्बन्धी भिडियो प्रस्तुत गरिएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त महाअभियान कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाडौं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला न्यायाधिवक्ताहरू, गृहमन्त्रालयका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू,नेपाल स्काउटका प्रमुख आयुक्त, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज,संचारकर्मीहरू,कलाकारहरू,स्थानीय जनप्रतिनिधिहरू एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल जर्मन उद्योग वाणिज्य संघ र कान्तिपुर सिटी कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

संस्थाकाे कोष बढाउने काम गरेकी इक्यानको कोषाध्यक्षमा उमाको उम्मेदवारी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host