२१ फागुन २०८१ , काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुने सुचनापत्रमा जनाएको छ । बैठकमा भूमिसम्बन्धी अद्यादेश बाहेक सरकारले ल्याएको अन्य ५ अद्यादेश स्वीकृतिका लागि पेस हुने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अद्यादेश , २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजको बैठकमा हुने ११ वटा कार्यसूचीहरु-:














