ADVERTISEMENT
ADVERTISEMENT
१७ चैत,काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा बिहन ११ बजे सुरु हुनेछ । बैठकमा ‘बैंकिंङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ । यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । सुचि।














