ADVERTISEMENT
काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्येको उक्त ऋण भुक्तानी गरेको जनाएको छ । यस्तै, निगमले दुई न्यारोबडी जहाजको चैत महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी चैत ३१ गते ५३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको जनाएको छ ।
ADVERTISEMENT












