ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आर्थिक सङ्कुचनको घेरामा नेपाल


चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
रमेश कुमार बोहोरा/
जेठ ११ काठमाडौं । नेपाल हाल गम्भीर आर्थिक संकटको चपेटामा परेको छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको बजेटले प्रारम्भमा केही आशा देखाए पनि वर्षको मध्यसम्म आइपुग्दा बजेट कटौतीको घोषणा हुनु स्वयं मुलुकको वित्तीय अनुशासन, नीतिगत स्पष्टता र संरचनागत क्षमतामाथि गम्भीर प्रश्न खडा भएको हो । सरकारी खर्चको चरम असन्तुलन, राजस्व सङ्कलनमा कमजोरी, पुँजीगत खर्चको न्यून उपयोग र राजनीतिक हस्तक्षेपका कारण नेपालले स्थायित्वतर्फको यात्रा अझै प्रारम्भ गर्न सकेको छैन । सरकारले प्रस्तुत गरेको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटमध्ये वर्षको मध्यसम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ कटौती गरिनु पर्यो । संशोधित बजेट १५ खर्ब २३ अर्ब रुपैयाँमा झरेको छ, जुन १३ प्रतिशत कटौती हो। विगत ६ वर्षकै सबैभन्दा उच्च दरको कटौती हुनुको प्रमुख कारण भनेको राजस्व सङ्कलन लक्ष्यभन्दा २५ प्रतिशतले कम हुनु हो । वैदेशिक सहायता तथा ऋण प्रवाहमा गिरावट र पुँजीगत खर्चको उपयोग केवल ३० प्रतिशत हाराहारीमा सीमित हुनुले सरकारको कार्यान्वयन क्षमता र आर्थिक व्यवस्थापनको कमजोरी उजागर गरेको छ ।
नेपालको बजेट संरचना अत्यधिक असन्तुलित छ । कुल बजेटको ७० प्रतिशतभन्दा बढी चालु खर्चमा खर्चिनु वित्तीय अनुशासनको गम्भीर सङ्कट हो । कर्मचारी तलब, सेवासुविधा, सामाजिक सुरक्षा भत्ता र ऋणको व्याज भुक्तानीमा अत्यधिक रकम खर्च भइरहँदा विकासका लागि विनियोजित पुँजीगत बजेट खर्च गर्न सकिने अवस्था रहँदैन । मन्त्रालयहरू र स्थानीय तहमा नीति कार्यान्वयनको सुस्तता, ढिलो टेन्डर प्रक्रिया र समन्वयको अभावले गुणस्तरीय विकास अवरुद्ध भएको छ । राजस्व सङ्कलनमा गिरावट नेपालका लागि गम्भीर चुनौती बनेको छ । आयातमा गिरावट आएपछि भन्सार राजस्व घटेको छ, निजी क्षेत्रको मन्दीले आयकर घटाएको छ र मूल्यवृद्धिले उपभोग क्षमतामा गिरावट ल्याएको छ । कर प्रशासनको कमजोरीले पनि राजस्व सङ्कलनमा नकारात्मक असर पारेको छ । फलस्वरूप सरकार आन्तरिक तथा बाह्य ऋणमा निर्भर हुन पुगेको छ । जसले दीर्घकालीन आर्थिक स्वायत्तता र दायित्वमाथि गम्भीर जोखिम निम्त्याएको छ ।
पछिल्ला वर्षहरूमा देखिएको पुँजीगत खर्चको न्यून उपयोग अझै यथावत छ । अघिल्लो वर्ष ८ खर्ब विनियोजन भएको पुँजीगत बजेटमध्ये ५ खर्ब रुपैयाँसमेत खर्च हुन सकेन । चालु वर्षमा पनि खर्च दर ३० प्रतिशत हाराहारीमा सीमित रहनु नीतिगत, प्राविधिक तथा संरचनागत कमजोरीको स्पष्ट संकेत हो । ढिलो वार्षिक कार्ययोजना स्वीकृति, टेन्डर प्रक्रिया, दक्ष जनशक्तिको अभाव र संघीय तहबीच समन्वयको कमीले पुँजीगत खर्च बढाउन चुनौतीपूर्ण बनाएको छ ।
संघीयता कार्यान्वयनसँगै स्थानीय तहको बजेटमा देखिएको अनिश्चितता अझै हटेको छैन । वित्त आयोगको सिफारिसलाई बेवास्ता गर्नु, अनुदान ढिलो हुनु र दोहोरो योजना तथा पूर्वाग्रही बजेट विनियोजनले स्थानीय सरकारको प्रभावकारिता कमजोर बनाएको छ । समयमै बजेट हस्तान्तरण नहुनु, आयोजना दोहोरोपन र बजेट निर्माणमा राजनीतिक प्रभावले संघीय शासन प्रणालीमाथि प्रश्न उठाएको छ ।
बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा राजनीतिक हस्तक्षेपको प्रभाव गम्भीर छ । प्रत्येक सरकार परिवर्तनसँगै बजेटका प्राथमिकता फेरिनु, योजना स्थगन वा नयाँ योजना थपिने प्रवृत्तिले दीर्घकालीन योजना कार्यान्वयनमा अवरोध गरेको छ । विगतका परियोजनाहरू अधुरो रहनु, प्रदेश तथा स्थानीय सरकारसँग योजना दोहोरो हुनु र कार्यक्रमको स्थायित्व नहुनुले बजेटीय स्थिरता खल्बल्याएको छ । सरकारको ऋण निर्भरता बढ्दो क्रममा छ । राजस्व घट्दो हुँदा सरकारले आन्तरिक र बाह्य ऋण लिइरहेको छ । आन्तरिक ऋण उच्च ब्याजदरमा लिइएको हुँदा दीर्घकालीन ऋण सेवा भार बढ्नेछ । बाह्य ऋणमा विदेशी शर्तहरू जोडिने भएकाले नीति स्वायत्तता कमजोर हुनसक्छ । नेपालको ऋणजीडीपी अनुपात बढ्दो छ । जसले भविष्यमा आर्थिक संकट गहिराउने सङ्केत गर्छ । निजी क्षेत्रमा देखिएको आर्थिक संकुचन पनि गम्भीर छ । उत्पादन र आयात दुबै घटेका छन् । निर्यात नबढ्नु, रोजगारी सिर्जना नहुनु र निजी लगानी घट्नु अर्को आर्थिक सङ्कट हो । बैंकिङ ब्याजदर अस्थिर रहनु, उपभोग क्षमतामा गिरावट आउनु र सरकार निजी क्षेत्रबीच पर्याप्त सहकार्य नहुनुले लगानी वातावरणमै नकारात्मक प्रभाव पारेको छ ।
दीर्घकालीन समाधान भनेको संरचनात्मक सुधारमार्फत आर्थिक अनुशासन कायम गर्नु हो । चालु खर्च नियन्त्रणका लागि कर्मचारी संरचनाको पुनरावलोकन आवश्यक छ । पुँजीगत खर्च क्षमताको वृद्धिका लागि समयमै योजना स्वीकृति, पारदर्शी ठेक्का प्रक्रिया र दक्ष जनशक्ति व्यवस्थापन गरिनुपर्छ । राजस्व प्रणालीलाई डिजिटल प्रविधिमैत्री बनाउँदै पारदर्शिता र कर अनुपालन सुधार गर्नुपर्छ । वैदेशिक ऋणको सट्टा घरेलु स्रोतको परिचालनमा जोड दिनुपर्ने देखिन्छ । संघीयता कार्यान्वयनका लागि स्पष्ट मापदण्ड तय गर्नुपर्छ । नेपालको बजेटीय प्रक्रिया अझै पनि नीतिगत अस्थिरता, राजनीतिक हस्तक्षेप र प्रशासनिक अकर्मण्यताबाट ग्रस्त छ । बजेट निर्माण नीति विश्लेषण, डेटा र आवश्यकताको आधारमा हुनुपर्ने हो तर अझै पनि दलगत प्राथमिकता, दबाब समूह र शक्ति सन्तुलनको उपज बनेको छ । त्यसैले मल्टिययर बजेट फ्रेमवर्क (MTBF), नतिजा केन्द्रित बजेटिङ र नागरिक समाज तथा विज्ञहरूको सहभागितालाई सुदृढ गर्नुपर्छ । खर्चको प्रभावकारिता मूल्याङ्कन गर्ने स्वतन्त्र संयन्त्रको स्थापना आवश्यक छ ।
संघीय शासन व्यवस्थासँगै बजेटीय जटिलता थपिएको छ । संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट सीमाङ्कन नहुनुले आयोजना दोहोरोपन, स्रोत बँडफाँटको अन्योल र आर्थिक असमानता सिर्जना भएको छ । वित्तीय संघीयतालाई स्पष्ट पार्ने नीति निर्देशन, समायोजन ऐन तथा कार्यविधिको संशोधन र स्थानीय सरकारलाई योजना निर्माण, लेखापरीक्षण तथा प्रविधि हस्तान्तरण गरिनु अत्यावश्यक छ ।नियामक संस्थाहरूले बजेट कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न सकेका छैनन् । महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयन नहुनु, सांसदहरूको बजेट बाँडफाँटमा संलग्नता, र सार्वजनिक खर्चमा अनियमिततामाथि दण्डहीनताले पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ । लेखा समितिलाई सशक्त बनाउने, वार्षिक बजेट समीक्षा सम्मेलन अनिवार्य बनाउने र नागरिक बजेट ट्र्याकिङ प्रणाली विकास गर्नु जरुरी छ।
नेपालको बजेटले आर्थिक वृद्धि मात्र होइन, रोजगारी सिर्जना, घरेलु उत्पादन वृद्धि, र आयात निर्यात सन्तुलनमा समेत योगदान दिनुपर्ने हो तर हालको बजेट आयातमुखी, खर्चमुखी र वैदेशिक आश्रित छ । कुल बजेटको ६० प्रतिशत विदेशी उत्पादन तथा सेवामा खर्च हुनु, रोजगारी सिर्जनामा १० प्रतिशतभन्दा कम बजेट जानु र निर्यात वृद्धि दर ५ प्रतिशतभन्दा कम हुनु दीर्घकालीन संकटको सङ्केत हो । कृषि, पर्यटन र साना उद्योगमैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर निर्यात प्रवर्द्धनका उपायहरू लागू गर्नुपर्छ । बजेट व्यवस्थापनमा डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ  तर नेपालमा ई–बजेटिङ, ई–प्रोक्योरमेन्ट र ट्रेजरी सिङ्गल अकाउन्ट (TSA) को पूर्ण कार्यान्वयन भएको छैन । खर्चको वास्तविक समय ट्र्याकिङ, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका लागि डिजिटल प्रणाली अनिवार्य गर्नुपर्छ । TSA प्रणाली सबै निकायमा लागू गर्ने, बजेट कार्यान्वयन ट्र्याकिङ ड्यासबोर्ड सार्वजनिक बनाउने र परियोजना व्यवस्थापनका लागि ई–PMIS प्रणाली विस्तार गरिनु उपयुक्त हुनेछ ।
नागरिक सहभागिता बजेट प्रक्रियामा न्यून रहेको छ । बजेट जनउत्तरदायी हुनुपर्छ भनेको नागरिकमैत्री भाषा, पारदर्शिता र समावेशीताको प्रत्याभूति हुनु हो । सूचना अभाव, गोप्यता र सहभागिताको कमीले जनताले बजेट निर्माणमा भूमिका खेल्न सकेका छैनन् । बजेट निर्माणमा सार्वजनिक सुनुवाइ अनिवार्य बनाउने, बजेट सारांश स्थानीय भाषामा प्रकाशन गर्ने र बजेट अनुगमन समितिमा नागरिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । २०८१/०८२ को बजेटीय कटौती केवल घाटाको लेखाजोखा होइन यो मुलुकको सार्वजनिक वित्त प्रणालीमा गहिरो संरचनात्मक समस्याको सङ्केत हो । समाधान भनेको चालु खर्च नियन्त्रण, पुँजीगत खर्च सुधार, राजस्व स्रोतको विविधीकरण, संघीय समन्वय, पारदर्शिता र आर्थिक अनुशासनमार्फत दीर्घकालीन सुधार हो । ५ वर्षे खर्च सुधार योजना, बजेटमा आधारित राष्ट्रिय प्राथमिकता कार्यक्रम, अनावश्यक सार्वजनिक निकायको खारेजी र दीर्घकालीन लगानी योजना निर्माण गरेर मात्र नेपालको आर्थिक पुनर्निर्माण सम्भव हुनेछ ।
अन्ततः नेपालले अहिलेको बजेटीय सङ्कटलाई दीर्घकालीन सुधारको अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ । सुधारको ढोका अझै खुला छ तर त्यसका लागि इच्छाशक्ति, प्रतिबद्धता र पारदर्शितायुक्त कार्यान्वयन अनिवार्य छ । (लेखक बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

पाँच बुद्धे प्रतिबद्धताका साथ जानकीमा सार्बजनिक सुनुवाई

पाँच बुद्धे प्रतिबद्धताका साथ जानकीमा सार्बजनिक सुनुवाई

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host