ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

३१औँ विश्व आदिवासीकाे अवसरमा


३१औँ विश्व आदिवासीकाे अवसरमा
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ  साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोग कसरी गर्ने भन्ने कुराले भोलिको आदिवासीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ । विश्व सूचना प्रविधिको तीव्र विकासले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र चर्चा भएको सन्दर्भमा मन्त्री गुरुङले त्यस्तो बताउनु भएको हो । ३१औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आज काठमाडौँमा आयोजना गरेको विशेष मूल समारोहलाई सम्बोधन गर्दै समय अनुसार आदिवासीले आफ्ना सन्ततिलाई विश्वमा चर्चामा रहेका विषयको अध्ययन अनुसन्धानमा लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बदलिँदो प्रविधिको विकासमा हामीले हाम्रा सन्ततिलाई लगाउनुपर्‍यो ।’ विश्वका अन्य मुलुकको तुलनामा नेपालका आदिवासी जनजातिले धेरै अधिकार प्राप्त गरेपनि अझै थुप्रै अधिकार प्राप्त गर्न बाँकी रहेको बताउनुभयो । ‘२०७२ साल असोज ३ गते संघीय नेपालको संविधान जारी भएपछि नेपालका आदिवासीको मातृभाषाले पनि राष्ट्रिय भाषाको मान्यता प्राप्त गर्‍यो’, मन्त्री गुरुङले भन्नुभयो, ‘यो हामी आदिवासीको ठूलो उपलब्धि हो ।

ADVERTISEMENT

जसका कारण आज थुप्रै मातृभाषा स्थानीय तहमा सरकारी कामकाजको भाषाको रूपमा लागू भएका छन् ।’ अहिले राज्यले आदिवासी जनजातिको चाडपर्वमा बिदा दिने गरेको भन्दै त्यो अझै पर्याप्त नभएको उहाँले बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले स्वायत्तताको , स्वशासनको अधिकार हामीले खोजेको भन्दै स्थानीय तह/प्रदेशलाई आफैँले नीति तथा कार्यक्रम, बजेट, ऐन-कानुन बनाउने, स्वशासनको अधिकार दिइएको बताउनुभयो । ‘हामी आदिवासीले धेरै उपलब्धि हासिल गरेका छौँ । तर, त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

ADVERTISEMENT

आदिवासीको पहिचान भनेको भाषा, संस्कार,संस्कृति, भेसभुसा, प्रथा जनित नियम कानुन भएको भन्दै उहाँले त्यसको संरक्षण नभएमा आदिवासीको पहिचान मेटिने बताउनुभयो । ‘आफ्नो पहिचानमा गर्व गर्नुस् । आफ्नो घरमा छोराछोरीलाई भाषा सिकाउनुस् । कतिपय कानुन अझैपनि बनेका छैनन्’, मन्त्री गुरुङले भन्नुभयो, ‘हामीले आदिवासीको अधिकारका लागि छुट्टै मन्त्रालय । छुट्टै विश्वविद्यालयको माग गर्‍यौँ । तर केही मात्रै प्राप्त भएको छ ।’ मन्त्री गुरुङले आदिवासी आयोग, जातीय जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, धर्मनिरपेक्ष मुलुक हुनुपर्छ भनेर राखेको माग पूरा भएपनि अझैपनि थुप्रै अधिकार प्राप्त हुन बाँकी रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय फोरमहरूमा प्रतिनिधित्व गर्दा आफ्ना कुरा स्पष्ट रूपमा राख्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ठूला आयोजना आउन थालेपछि नेपालमा आदिवासीहरू विस्थापित हुने अवस्था आएको बताउनुभयो । ‘हाम्रा चौरी खर्च, भेँडी खर्कहरूबाट आदिवासी विस्थापित हुनुपर्‍यो’, अध्यक्ष शेर्पाले भन्नुभयो, ‘संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्जका नाममा राज्यले आदिवासीको भूमि खोस्यो । आदिवासी आफ्नो थातथलो छाडेर विस्थापित हुन बाध्य भए ।’

अध्यक्ष शेर्पाले अधिकार प्राप्तिका लागि पुनः लड्नुपर्ने बेला बताउँदै संविधान संशोधन गर्दा पहिचानको अधिकार कटौती गरेमा आदिवासी जनजातिको समर्थन नरहने बताउनुभयो । पछिल्लो समय निजामती ऐन, शिक्षा ऐन, भूमि ऐन सम्बन्धी विधेयकमा आएका आदिवासी विरोधी प्रावधान सच्याउन महासंघले पहल गरिरहेको उहाँले बताउनुभयो । हरेक वर्ष अगस्ट ८ का दिन विश्वासका आदिवासी समुदायले विश्व आदिवासी दिवस मनाउँदै आएका छन् । यश वर्ष “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आइएलओ-१६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नारासहित नेपालमा यश वर्षको विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा पूर्व मन्त्रीहरू शेरबहादुर तामाङ, सीता गुरुङ, थममाया थापामगर, सांसदहरू सुरेश आलेमगर, दुर्गा राई, नेफिनका पूर्व अध्यक्ष पासाङ शेर्पा, संविधानसभाका सदस्य जिपछिरिङ लामा, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारलगायतले आदिवासीको अधिकार प्राप्तिका लागि एक हुनुपर्ने बताएका थिए । त्यस अवसरमा चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र आदिवासी जनजाति वकिलहरूको समूह (लाहुर्निप)लाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलले कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने, महासचिव दिवस राई र उपमहासचिव रामकृष्ण लामा ब्लोनले कार्यक्रमको सहजीकरण गरेका थिए । मूल समारोह सुरु हुनुअघि आदिवासी समुदायका विभिन्न जातजातिले विभिन्न झाँकीसहितको र्‍याली प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host