ADVERTISEMENT
काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको हो । बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम) तहका पदहरूमा कर्मचारी मागेको छ । सहायक निर्देशक (अधिकृत तृतीय) पदका लागि प्रशासन समूहमा एक जना खुला, कानून समूहमा एक जना मधेसी समावेशी र एक जना दलित समावेशी गरी कुल तीन जना कर्मचारी माग गरेको छ ।
ADVERTISEMENT
वरिष्ठ सहायक (सहायक प्रथम) पदकालागि प्रशासन समूहमा एक जना खुला र एक जना महिला समावेशी गरी कुल दुई जनाका लागि आवेदन आह्वान गरेको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले बोर्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदनका लागि असोज २ गतेसम्मको समयसीमा तोकिएको छ। यद्यपि, दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म पनि आवेदन बुझाउन सक्ने बोर्डले जनाएको छ ।













