ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भित्रिने दैनिक २० लाख रुपैयाँको कोटा बढाएको छ। नेपाली वा विदेशी नागरिकले विदेशबाट दैनिक बढीमा २० लाख रुपैयाँसम्म पठाउन पाउनेमा अब यो सीमा २५ लाख बनाइएको हो । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गर्दै विदेशबाट रकम पठाउने सीमा बढाएको हो। ‘नेपाली वा विदेशी नागरिकले विदेशबाट प्राप्त हुने रकम कम्पनी मार्फत सम्बन्धित व्यक्तिको खातामा दैनिक २५ लाखसम्मको विप्रेषण रकम ल्याउन सकिने छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, ‘इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीहरुले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका कागजातहरु लिएको हुनुपर्नेछ।’ नेपालमा भित्रिएको विप्रेषण कम्पनीहरुले मासिक रुपमा विभागमा पेश गर्ने व्यवस्था रहेको थियो। राष्ट्र बैंकले स्पष्ट गर्दै महिना समाप्त भएको ७ दिनभित्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ।










