ADVERTISEMENT
काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडकाे कार्यकारी अधिकृत (CEO) मा कपिल कुमार दाहाल नियुक्त भएका छन् । यस अघि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत दाहाललाई आज बिहीबार देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरिएको हो । कम्पनीको सञ्चालक समितिको २०८२ कार्तिक १२ गते बसेको बैठकबाट दाहाललाई CEO मा नियुक्त गर्ने निर्णय गरेको जनाएको हाे ।
ADVERTISEMENT










