ADVERTISEMENT
ADVERTISEMENT
पुस ०२,काठमाडौं / निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको करिब ७० प्रतिशत तयारी सम्पन्न भइसकेको बताएका छन्। तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग दृढ अठोटका साथ लागिरहेको उनले बताए।निर्वाचन सम्बन्धी ऐनकानुन परिमार्जन र प्रविधि सुधार आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवार खर्च भूगोल र मतदाता सङ्ख्याका आधारमा तोकिएको स्पष्ट पारे।













