ADVERTISEMENT
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक श्री प्रक्षेत थापा क्षेत्रीलाई कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ।
कम्पनीद्वारा जारी सूचना अनुसार श्री क्षेत्रीलाई सह–प्रवक्ताको रूपमा तोकिएको जानकारी आम सञ्चारकर्मीहरूको जानकारीका लागि सार्वजनिक गरिएको हो। नेपाल टेलिकमले यस नियुक्तिले संस्थाको सूचना सम्प्रेषण तथा सञ्चार व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
ADVERTISEMENT











