२०८२ पाैष ६ , काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको(नेकपा)एकता सन्देश भव्य रुपले सफल गरिएकाे छ। पाैष ५ गते शनिवार काठमाडौंकाे प्रदर्शनी मार्गमा भएको उक्त सन्देश सभा वाग्मती प्रदेश,सम्पर्क समन्वय र उपत्यका विशेष समितिको संयुक्त आयाेजनामा वाग्मती प्रदेशको आयाेजनामा एकता सन्देश सभा गरिएको हाे।१६ पार्टी घटक र २ अन्य समूह बिच गरिएको याे वृहत् एकता सन्देश नेपाली कम्युनिस्ट पार्टीको ईतिहास कै र विश्वमा नै कम्युनिस्ट एकता सम्भव हुन सक्ने उदाहरण बनेकाे एक नेताले बताए ।
साथै पार्टी एकता घाेषणा कार्तिक १९ गतेदेखि सुरु भएकोमा निरन्तर एकता प्रक्रियामा बढिरहेको स्राेतले जनाएको छ। विभिन्न घटक र क्रान्तिकारी विचारका एकीकरण र धुर्विकरणमा बहस ,सहकार्य र निरन्तरता भईरहेकाे सभामा उपस्थित एक सम्पर्क समन्वय समितिका नेताले दिब्य न्युज अनलाइनलाई बताए ।













