ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन


काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, पौष १५ । संस्कार सुधार समाजको अध्यक्षमा पुण्यप्रसाद ढकाल चयन भएका छन् । आज काठमाडौंको नयाँ बानेश्वरमा भएको विशेष साधारण सभाले ढकालको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन भएको हो । पेशागत महासंघ नेपालका अध्यक्षसमेत रहेका ढकाल पूर्व निजामती कर्मचारी हुन् । समाजको सहअध्यक्षमा धरणीप्रसाद गौतम, उपाध्यक्षहरुमा डा. होमनाथ पौडेल, अम्बु भवानी कार्की, डा. निर्मला न्यौपाने, महासचिवमा खगेन्द्रप्रसाद पोखरेल, सचिवमा डा. प्रकाशज्योति पोखरेल र कोषाध्यक्षमा रमेश अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा डिल्लीरमण आचार्य, धनज न्यौपाने, रुद्र आचार्य, थर्कबहादुर वस्नेत, बैकुण्ठ गुरागाई, डा.विदुर वस्ती, नारायण भट्टराई, प्रल्हाद विष्ट, विशाल घिमिरे, प्रकाश पौडेल र रञ्जनाकुमारी पोखरेल रहेका छन् । सचिव पोखरेलले नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने बताए । विधानअनुसार २६ जनाको कार्यसमिति रहने व्यवस्था छ ।

ADVERTISEMENT

निवर्तमान अध्यक्ष शम्भुप्रसाद पोखरेलले मृत्यु संस्कार गर्ने दिन घटाएर ५ दिनमा ल्याउनुपर्छ भनेर आफूहरुले भनिरहँदा धेरैले कुरा ठिक हो भने पनि व्यवहारमा उतार्न नसकेको बताए । उनले यो अभियानलाई गाउँगाउँसम्म पुर्याउनुपर्ने बताए । वक्ताहरुले १३ दिनसम्म गरिने काजकिरियाको संस्कार ५ दिनमा गर्दा पनि फरक नपर्नेमा जोड दिए । ‘समाजको डरले गर्दा पनि मानिसहरु यो कुरा स्विकार्न तयार छैनन्, तर पनि कसैले यो विचार गलत हो भनेका पनि छैनन्’ नवनिर्वाचित अध्यक्ष ढकालले भने ‘अहिलेसम्म झण्डै ५० भन्दा बढी मानिसको काजकिरिया ५ दिनमा नै सकिएको छ, यो अभियान गलत होइन भनेर बुझाउनुपर्ने हाम्रो जिम्मेवारी हो ।’ ढकालले गत असोजमा आमाको निधन हुँदा पनि ५ दिनमै काजकिरिया सकेका थिए ।

‘यो कुरा गर्दा पहिले समाजले पचाएन, मलाई सार्वजनिक वहिष्कार नै गर्छन् कि जस्तो लाग्थ्यो तर पछि सबैले यो पनि ठिकै रहेछ भने’ ढकालले भने ‘मैले २०७२ सालमा बुबाको निधन हुँदा पनि ५ दिनमा नै काजकिरिया सकेको हुँ, यो अभियान लिएर देशव्यापी रुपमा जानुपर्ने भएको छ ।’ ढकालले ५ दिनमा काजकिरिया सक्दा पनि १३ दिनमा गरिनेजस्तै सबै प्रक्रिया गर्न भ्याइएको बताए । उनले आमाको काजकिरिया मोरङमा गरेका थिए । ‘समाजले मानेन र स्विकारेन भनें अन्तै गएर काम गर्छु भनेको थिएँ पछि समस्या भएन’ ढकालले भने ‘कतिपय पुरोहितले त्यसरी नगर्ने भनेर जवाफ दिए, मैले त काठमाडौंबाट पनि चिनेजानेकै पुरोहित बोलाएर लगेको हुँ, पछि गाउँकैले हुन्छ भनेर गरे ।’२०७२ सालमा शंकरप्रसाद पोखरेलको अध्यक्षतामा समाज गठन भएको थियो । अध्यक्ष पोखरेलको बीचैमा निधन भएपछि शम्भुप्रसाद पोखरेल अध्यक्ष भएका थिए । कार्यक्रमका वक्ताहरुले यो विषय सरकार र सरोकारवालासँग पनि राखेको र भोलिको दिनमा थप छलफल गर्दै जाने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host