ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ। नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ। पेट्रोल प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टितेल पाँच रुपैयाँले घटाइएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ४२ अमेरिकी डलरले मूल्य घटाइएको छ। एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्तालाई असर नपर्ने गरी खुद्रा मूल्य यथावत् राखिएको निगमले जनाएको छ।













