ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सहिदहरुकाे शालिक एक पर्यटकीय क्षेत्र – ‘सन्ताेष प्रसाद तिवारी’


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०७९ फागुन २२

सन्तोष प्रसाद तिवारी,

काठमाडौँ।

केही महिना अगाडि महानगरका स्वतन्त्र मेयर बालेन साहले यम बुद्व नामका र्‍यापर अनिल अधिकारीको सरकारी बजेटमा शालिक बनाउने भन्ने विषयले धेरै आलोचना खेप्नु पर्‍याे।  त्यस्तै नुवाकोटमा प्रकाश दाहालको शालिक बनाउदा माओवादी केन्द्रका अध्यक्ष क.प्रचण्डले पनि ठुलो आलोचना खेप्नु पर्‍याे । यस्तै, आलोचना र विरोध विगतका समयदेखि नै राज्यको उच्चतहमा पुगेका व्यक्ति, संगठन र राजनितिक दलहरुले खेप्दै आएका छन् । तर सो आलोचना जनस्तर र अन्य विषयबाट आइरहनु स्वभाविक पनि हो । किनभने सत्ता र शक्तिको पहुँच भएका र धनिमानिहरूले मात्रै आफ्नो भन्नेहरु र नजिकका व्यक्तिहरुकाे शालिक एवम् प्रतिमुर्ति आफ्नाे अनुकुलतामा राज्य कै सम्पत्तिको प्रयोग गरि केही व्यक्तिको नाममा संरचना बनाउदै जानु गलत नै हो ।

देसमा परिवर्तन गर्ने र आज यो स्थिति सम्म आउनु कुनै एक व्यक्ति वा समुदायकाे मात्र पहलकदमि र भुमिकाले सम्भव थिएन। राणाशासनको पतनसँगै शाहवंशीय शासनको अन्त्य सम्म आइपुग्दा, युगान्तकारी परिवर्तन र व्यवस्थामा नयाँ संरचनाको लागि भनी ल्याईएकाे प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि संघर्ष गर्ने र बलिदान गर्नेहरू लाखौं छन् । यो बलिदानी दिनेहरूमा सर्वसाधारण, राजनितिक दलका नेता, कार्यकर्ता, सेना, प्रहरी,जनसेना, पत्रकार, वकिल, शिक्षक, विद्यार्थी, नागरिक अगुवा, बुद्धिजीवी, लेखक, कलाकार, किसान, मजदुर, उद्धमी, व्यवसायी,बालबालिका, विदेशी नागरिक लगाएतका धेरै छन् । यसर्थ देस र जनताको लागि जुन किसिमले योगदान र बलिदानी दिएका पुर्वजहरू, शुभचिन्तकहरू छन्,जसले भावि सन्ततिकाे दुख र कष्टलाई निवारण गर्न र उज्ज्वल भविष्यको रुपरेखा काेर्णलाई कुनै प्रवाह नगरि आफ्नाे जिवनकाे हाँसी-हाँसी आहुति दिए,जिवनदान दिए, उहाँहरू सबैको सम्झनाको लागि सामुहिक शालिक बनाउनु आवश्यक देखिन्छ ।

राज्यले दुरदर्शि तवरले साेच्ने हाे भने सहादत प्राप्त सम्पुर्ण वीर वीराङ्गानाहरुकाे अभिलेख एवम् संकेत चिन्न राख्ने हाे भने, भविष्यका सन्ततिका लागि देसप्रतिकाे माया र राष्ट्र प्रतिकाे आफ्नाे दायित्वबाेध सदाकाे लागि अटल,अचुक एवम् अविष्मरणिय रहने एैनाकाे रुपमा रहिरहने आधार बन्न सक्छ । यसलाई सहिदहरुकाे बृहत् संग्रहालयकाे खुल्ला क्षेत्रकाे रुपमा पनि लिन सक्ने बनाउन सकिन्छ ।

यो सहिदहरुकाे शालिक बनाउँदा देशलाई नै फाइदा हो । यसमा मृतकका आफन्तजन -ले सम्झिरहने एक आधारशिला पनि रहन्छ भने, अर्को पाटो यसलाई विश्वमा नै पहिलो र ठुलो सबै सहिदहरु अटाउने शालिक रहेको स्थान वा देशको रूपमा चिनाउने अवसर मिल्छ, यहाँ सम्मकी पर्यटकलाई पर्यटन गर्न आउने अर्को ढोका खोल्छ । यसले रोजगार, विदेशी मुद्रा आर्जन लगाएतका देशका नागरिकहरुकाे व्यापारीक, आर्थिक, सामाजिक र साँस्कृतिक सुधारमा टेवा मिल्छ । जुन ठाउँमा यो बृहत सहिद स्मारिका बन्छ त्यस क्षेत्रका मानिसहरु रोजगार हुन्छन् साथै सहिदका परिवारले पनि रोजगारको अवसर पाउछन् । ठुलो क्षेत्रफल चाहिने र लाखौ सहिदको शालिक बनाउनु पर्ने भएकाले हजाराैं राेपनी जमिन चाहिने हुन्छ ।

यसको लागि कहिल्यै प्रयोग नभएका र दुर्गम एवम् दुर दराजका क्षेत्रमा रहेको भिर,पाखा,प्रति जमिन,सुख्खा जंगल,खोच र पहाड जस्तो ठाउँमा बनाउन सकिन्छ । उदाहरणको रूपमा यस्तो ठाउँ राजधानीबाट बाहिर रहेको जस्तै- लप्सेफेदी, नाङ्गलेभारे, पटाप, भोटेचौर, डाँडागाउँ जस्ता ठाउँहरू चयन गर्न सकिन्छ। राज्यले यसमा लगानी गर्न सकेमा राज्यलाई नै फाईदा हुने र दिर्घकालिन आय आर्जनको माध्यम पनि बन्न सक्ने देखिन्छ। राज्यको नीति पनि यस्तो हुनुपर्छ,कि जहाँ कुनै पनि क्षेत्रमा लगानी गरिन्छ, त्यहाँबाट राज्यलाई चार गुणा आम्दानी आओस्।

ADVERTISEMENT

राष्ट्रको राष्ट्रिय आम्दानी र सहिदहरुको सम्झनामा यसरी व्यवस्थित तरिकाले बनाइने यो सामुहिक सहिद पार्कमा स्थानीय र सहिदका परिवारसँग भित्र प्रवेश गर्ने शुल्क नलिने,तर देसभित्रका अन्य नागरिकसँग भने केही रुपियाँसम्मकाे प्रवेश शुल्क लिने साथै विदेशीको हकमा पश्चिमा मुलुकसँग १५० डलर, युरोपसँग १०० डलर एसियासँग ५० डलर, सार्क राष्ट्र वा दक्षिण एसियाका मुलुकसँग ५०० आइसि, अफ्रिकी मुलुकसँग १० डलर लिने गरि प्रवेश शुल्क निर्धारण गर्न सकिन्छ।यस्तै अन्य सुबिधा र पर्यटकीय हिसाबले सो ठाउँमा होटल, लज,सहिद विश्व विद्यालय, हस्पिटल ,पुस्तकालय जस्ता पूर्वाधार निर्माण गर्ने र हस्पिटलमा औषधि समेत विदेशी नागरिकलाई पनि २५% खर्चमा उपचारको व्यवस्था मिलाउने तर देशका नागरिकलाई भने औषधि सहितको निःशुुल्क उपचार हुने व्यवस्था मिलाउने।

अन्त्यमा राज्यले जहिले पनि राज्यकाे धन खर्चदा साँघुराे र सुक्ष्म याेजना बनाएर र सिमित क्षेत्रलाई ओगटेर मात्र पुग्दैन,याे त वृहत् हुनुपर्छ,ताकि देसकाे राष्ट्रिय आयकाे स्राेत पनि बन्न सकाेेस् र दिर्घकालिन आय आर्जनको माध्यम पनि। त्यसैले सहिदहरुको शालिक एक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर प्रसस्त मात्रामा देसमै राेजगारकाे सिर्जना गरि केहि हदसम्म भएपनि देसलाई आत्मनिर्भर बनाउन सकिएला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

कम्पनी सचिब आवश्यकता की बाध्यता

कम्पनी सचिब आवश्यकता की बाध्यता

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host