ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लाेकतन्त्रकाे सुन्दर पक्ष भनेकै प्रेस स्वतन्त्रता हाे “सन्तोष प्रसाद तिवारी”


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०७८ वैशाख ०४,

सन्तोष प्रसाद तिवारी,

काठमाडौँ।

प्रेस स्वतन्त्रता र लाेकतन्त्र एक अर्काका परिपुरक हुन् ।  यी दुई  विना  एककाे अभावमा आधुनिक मानव समुदायकाे जीवन अपुर्ण हुन्छ।प्रेस स्वतन्त्रता आजको युगमा अति नै महत्वपूर्ण विषय बनेको छ, प्रेस स्वतन्त्रता कुनै राजनीति तथा संघ संस्थाको मातहतमा रहेर सञ्चालन गरिने एवम् जबरजस्ती लादिने विषय होइन । कुनै पनि व्यक्ति कुनै पनि संगठन प्रति प्रतिबद्ध रहनु उसको स्वतन्त्रता हाे तर जनहित र राष्ट्रहितमा रहि कसैले कसैको मान हानि नगरी एवम् व्यक्तिगत जिवनलाई नऔंलाई निश्पक्ष र भयरहित तवरले आफ्नो अभिव्यक्ति प्रस्तुत गर्नु प्रेस स्वतन्त्रता हो।वर्तमान नेपाली समाजमा प्रेस जगतलाई शंकाको घेरामा राखीएकाे देखिन्छ। केही सामाजिक सञ्जालहरुमा आएका विषय वस्तुलाई आधार मानि अतिरञ्जित प्रसँग जोडेर सिँगाे प्रेस जगतलाई जाेडेर लान्छना लगाउनु वा अपमान  गर्नु अतिउक्ति नहुन सक्छ।

उसै त, पत्रपत्रिका  तथा सञ्चारका सम्पूर्ण माध्यमहरु सञ्चालन गर्ने, सन्चालक, निर्देशक, प्रकाशक, सम्पादक लगायत पत्रकारहरुले आजको समयसम्म आइपुग्दा पनि स्वतन्त्र रुपले आफ्नो व्यवसायलाई अगाडि बढाउन सकिरहेको अवस्था देखिदैन । यसकाे कारण अधिनायकवादी एवम् सर्वसत्तावादी प्रेस सिद्दान्तमा आधारित शासन व्यवस्थाकाे नै हो,भन्न नसकिने हाेइन। अखबार होस् या अनलाइन मिडिया जुनसुकै भएपनि कानुनी एवम् न्यायको दृष्टिले समान हुन्छन् अधिकारको हैसियत पनि समान नैं हुन्छन्, तर यहाँ सन्चारका साधन माथि पनि ठूलो बिभेद देखिन्छ, अब साना भन्ने मिडियाका आवाज कता त ?- स्वतन्त्र प्रेस सरकारका कमिकमजाेरीलाई सच्याउने र समाजमा भएका सकारात्मक र नकारात्मक घटनाकाे उजागर गर्ने सशक्त माध्यम पनि त हाे। मिति २०७७।०८।०५ गते नाटकिय ढंगबाट अराजक शैलिमा राज्यले अवैधानिक तरिकाले सही जवाफ पत्रिका तथा अनलाई खबर (दिब्य न्यूज) का संचालक तथा प्रबन्ध सम्पादक एवम् पत्रकार सन्तोष प्रसाद तिवारीलाई सुकेधाराको चौकी नजिकबाटै प्रहरीको अनुसन्धान टोलीले सोध पुछको लागि भनेर महाराजगञ्ज चौकीमा लगि हिरासतमा राखिएकाे थियाे । यो राज्यले प्रेसमाथि गरेकाे जघन्य अपराधकाे एउटा ज्वलन्त उदाहरण हाे।संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालले प्रेसमाथि लगाएको कालाे दाग हाे।

राज्य र राज्यका शाषकहरु आफू अनुकुल शाषण पद्धति लाद्न कस्साकस्सि देखिएकाे र देस, जनताकाे हित विपरीत गतिविधि गर्न पल्केकाहरुले जतिखेर जेपनि गर्नसक्छन् ।राज्यकाे अयाेग्य र खराब शाषकहरुकाे कारण प्रेस स्वतन्त्रतामाथि बारम्बार प्रहार भईरहेकाे छ। प्रेस स्वतन्त्रता कुनै पनि राज्यका हरेक नागरिकले प्राप्त गर्ने आधारभुत र नैसर्गिक अधिकार पनि हाे । राज्यकाे दमन, अन्याय, अत्याचार एवम् अमानविय व्यवहार सम्पूर्ण पत्रकारिता पेशामा संलग्न जो कोहीले पनि भोग्न पर्ने अवस्था आउन सक्छ । यदि राज्यले यस्तै किसिमको व्यवहार देखाइ रहने हो भने र पत्रकारितालाई कमजोर गराउने प्रयास गरिरहेमा स्वतन्त्र प्रेसको सिद्धान्त संविधानमा मात्र उल्लेख हुनेछ, लिखित रुपमा किताव र कापीका पानामा मात्र लेख्न पढ्न पाइने छ ।

राज्यका चित्त नबुझेका कुराहरुको विरोध गर्न पाउनु पर्छ र राम्रा कुराको समर्थन पनि गर्न पाउनु पर्छ । कुनै पनि राजनीतिक दल वा संगठन खोल्न पाउने अधिकार देशको संविधानले दिएको छ । बहुदलिय शासन व्यवस्थामा कसैले पनि एकलौटी रुपमा स्वेच्छाचारी तवरलेशासन सत्ता सञ्चालन गर्छु र सम्पूर्ण शक्ति आफ्नै पार्टी वा संगठनबाट मात्र संचालन गर्छु भन्नु दिवास्वप्न देख्नु जस्तै हो, त्यसैले ईतिहासलाई पनि भुल्नुहुन्न । यदि काहिँ कतैबाट जाेकाेहिले पनि राजनीतिकको आडमा गलत काम गर्छ वा अपराध गर्छ, भने त्याे पाप हो त्यसलाई सजाय दिनै पर्छ । राज्यकाे शाषक नै मुर्ख छ,वुद्धिहिन छ र अपराधी छ भने त्याे शाषकलाई राज्यकाे याेग्य शाषक मानिदैन, त्यसकाे विकल्पमा अर्काे शक्ति वा व्यवस्था जन्मिन्छ, त्याे स्वभाविक हाे । तर राजनीतिको बदलामा राजनीति गरेर सही, सत्य र न्यायिक काम गर्छ भने त्यो राजनीतिलाई प्रतिबन्ध होईन समर्थन गर्नु राम्रो हुन्छ, यसकाे लागि जनमत संग्रहमा जान पनि सक्नुपर्छ, पुँजीवादी दलाल संसदिय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था यसकाे विकल्प राेज्ने जिम्मा जनताकाे हाे ।

याे स्वतन्त्रता देसका हरेक नागरिकमा छ । आजको यो २१औं शताब्दीमा व्यक्तिले व्यक्तिमाथि शासन गर्नु अमानवतावादि चिन्तन र साेचकाे पराकाष्ठ हो भने, नयाँ सोच, विचार र धारणालाई मानव सभ्यतासंगै परिवर्तन गरी लैजानु मानवतावादी चिन्तन र चेतनाको विकास हो । कुनै पनि राज्यले आफ्नो देशका नागरिकको, मानव अधिकारको हनन गर्न पाउदैन मानव स्वतन्त्रामाथि हस्तक्षेप गर्न पाउदैन र व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउने काम गर्न पाउदैन, तर यहाँ दिनानुदिन नागरिकले राज्यबाट दुःख कष्ट डर, धम्की र अपमान सही रहनु परेको छ । सूचना तथा संचार प्रविधिबाट नागरिकलाई वञ्चित गराउने काम राज्यबाटै हुन थालि रहेको देख्न सकिन्छ ।

ADVERTISEMENT

आजकाे याे विश्व संचार जगतमा हाम्राे देस नेपालमा अझैसम्म पनि निर्भयतरिकाले नागरिकले सुचना र सञ्चार क्षेत्रकाे पँहुचलाई समान अवसरकाे रुपमा पाउन सकेका छैैैनन्।अझैपनि राज्यका सरकारी कार्यलय, ग्रैर सरकारी कार्यलय लगाएत नेशनल एवम् मल्टिनेशनल कम्पनिमा पत्रकार एवम् मिडियाकर्मिलाई गरिने व्यवहार भेदभावपूर्ण र अपमानजनक रहेकाे पाईन्छ । पत्रकारिताकाे क्षेत्र कुनै नाफामुखी र व्यापारिक क्षेत्र नभएकाले विशुद्ध सामाजिक सेवामुखि क्षेत्र पनि हाे । आजकाे समयसम्म आईपुग्दा देसमा लाेकतन्त्र आएकाे १६-१७ वर्ष पुगिसक्याे, प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन तत्कालीन नामधारी शक्तिशाली गठबन्धन कम्युनिस्ट ओलि सरकारले नयाँ सुचना विद्येक ल्याएकाे थियाे, यसकाे विराेधमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिल, प्रतिपक्षी दल, विद्राेहि पार्टी नेकपा, नागरिक अगुवाहरु, मानवअधिकार कर्मिहरु लगाएतका संघ संगठनहरु सडक संघर्षमा उत्रिएका थिए ।सरकारकाे कमिकमजोरी लुकाउन र आफ्ना नेता कार्यकर्ताले गरेकाे अकर्मण्यताकाे संरक्षणकाे लागि ओेली सरकारले मिडिया विद्येकमार्फत आफ्नाे नियन्त्रणमा लिन खाेजेका थिए ।

लाेकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि यसरी प्रेस स्वतन्त्रता माथि बारम्बार हमला हुनुु दुख दायि पक्ष हाे । त्यसैले प्रेसलाई अंकुश लगाएर लाेकतन्त्रकाे रक्षा कदापि हुँदैन, प्रेस आफैं मर्यादित हुन्छ र स्वतन्त्र पनि।लाेकतन्त्रकाे सुन्दर पक्ष भनेकै राजनितिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host