ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

देशको इन्धन भण्डारण क्षमता बढेन : ९० दिन पुर्याउने योजना अलपत्र, पुन गम्भीर समस्या आउन सक्ने


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । विंस २०७२ सालमा नेपालमा महाभूकम्प आएपछि भारतले विभिन्न निहुँमा अघोषित नाकाबन्दी गर्याे । पेट्रोलियम पदार्थ आयात गर्ने एकमात्रै बजार र बाटो पनि भारत नै भएपछि आयातित इन्धनबाट कलकारखानादेखि भान्सासम्म चलाएको नेपाललाई करिव ६ महिनासम्म निकै सकस पर्यो । जसका कारण नेपालीले निकै समस्या बेहोर्नुपर्यो । आवश्यक मात्रामा पेट्रोलियम भण्डारण र भारतबाहेकको वैकल्पिक बजार नभएका कारण दुख पाएको नेपालले यसको वैकल्पिक मार्ग र बजारको खोजी सुरु गर्याे । नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चिनियाँ नाका हुँदै केहि ट्यांक इन्धन आयात पनि गर्याे ।

त्यसपश्चात भारतले आफ्नो नाकामा केही खुकुलोपन ल्यायो र पुनः भारतबाट हुने आयात खुल्यो । त्यसैबेला तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा कम्तिमा ९० दिन धान्ने इन्धन भण्डारण क्षमता विस्तार गर्ने, विभिन्न नाकाबाट पाइपलाईन मार्फत इन्धन आयात गर्ने घोषणा बजेट भाषणमार्फत गरेका थिए । करिव ८ बर्ष अघिनै गरिएको उक्त घोषणा हालसम्म अलपत्र छ । त्यसयता नेपाल आयल निगममै धेरै कार्यकारी निर्देशकहरु परिवर्तन भए भने धेरै सरकार आए ।

प्रत्येक बर्षको बजेट भाषणमा यो कुरा समेटिन्छ तर, बिडम्वना कार्यान्वयन हुँदैन । भूकम्पताका नेपालमा ७० हजार ७ सय किलोलिटर आसपास रहेको इन्धन भण्डारण क्षमता हालसम्म पनि विस्तार भएको देखिँदैन । अर्थमन्त्री प्रकाशशरण महतले आईतबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले पनि हालसम्म नेपालभरको इन्धन भण्डारण क्षमता जम्मा ६८ हजार ७ सय ९७ किलोलिटर रहेको उल्लेख गरेको छ । यो भण्डारण क्षमताले औसतमा नेपालको १० दिनका माग मात्रै धान्ने बताइएको छ । भूकम्प आएकै ८ बर्ष वितिसक्दा समेत हालसम्म सरकारले यसमा विशेष चासो नदिंदा नाकाबन्दी जस्तै समस्या पुनः दोहोरिए नेपाली जनता गम्भीर समस्यामा फस्ने निश्चित छ ।

हाल नेपालको इन्धन माग प्रतिमहिना साढे ३ लाख किलोलिटर आसपास सम्म पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक बर्षको फागुनसम्म मात्रै नेपालमा २६ लाख २९ हजार ९ सय ३४ किलोलिटर इन्धन विक्री भएको छ । यसमा सबैभन्दा बढी हिस्सा मधेश प्रदेशको छ । मधेश प्रदेशमा यसको भण्डारण क्षमता पनि २४ हजार ३ सय ६२ किलोलिटरको छ । जसले नेपालभरको कुल भण्डारण क्षमताको ३५ प्रतिशत धान्छ भने, मधेश प्रदेशमा १२ दिनसम्मको माग धान्न सक्ने क्षमता राख्दछ । यता बागमती प्रदेशमा भएको भण्डारण क्षमताले भने यो प्रदेशको १३ दिनको माग धान्न सक्ने बताइएको छ ।

ADVERTISEMENT

सबैभन्दा कम भण्डारण क्षमता कर्णाली प्रदेशको छ । यो प्रदेशमा जम्मा १ सय २६ किलोलिटर इन्धन भण्डारण क्षमता छ । जसको कर्णाली प्रदेशको २ दिनको मात्रै माग धान्छ । यस्तै गण्डकी प्रदेशमा ११ दिन, लुम्बिनीमा ५ दिन र सुदूरपश्चिम प्रदेशमा ५ दिन माग धान्ने इन्धन भण्डारण क्षमता रहेको बताइएको छ ।

यसरी माग अनुुसार इन्धनको भण्डारण क्षमता न्यून हुँदा बेलाबेलामा आईपर्ने सानातिना समस्यामा पनि नेपालमा इन्धनको हाहाकार हुने गरेको छ । बेलाबेलामा ढुवानी व्यवसायीले गर्ने हड्तालमा समेत नेपालमा इन्धनको हाहाकार मच्चिने गरेको छ । ८ बर्ष अघि नै ९० दिनलाई पुग्नेगरी भण्डारण क्षमता विस्तार र पाइपलाईन मार्फत इन्धन ल्याउने घोषणा गरिएपनि सो घोषणा हालसम्म कार्यान्वयन हुने छाँटकाँट देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी

फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने-प्रहरी महानिरीक्षक दिपक थापा

भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने-प्रहरी महानिरीक्षक दिपक थापा

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

राष्ट्रिय वाणिज्य बैंक लि. र रेडियो नेपाल बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लि. र रेडियो नेपाल बीच सम्झौता

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host