संवाद’दाता: राजन थापा ।
२०८० साउन ०५ , काठ’माडौं । महेन्द्र नारायण निधी अस्पतालमा डायलाइसिस सेवा सुरू भएको छ। मिर्गौलाको रिफरल सेन्टर बनाउने उद्देश्यसहित डायलाइसिस सेवा सुरू गरेको अस्पतालका कार्यकारी निर्देशक डा. किरणजंग कुँवरले बताए।नेतृत्व लिएको महिना दिनमै अस्पतालमा डायलाइसिस सेवा सुचारु गरेको उनले बताए।सामुदायिक अस्पतालको रूपमा रहेको महेन्द्र नारायण निधी अस्पतालमा सर्वसुलभ तथा गुणस्तरीय सेवा दिँदै आएको डा. कुँवरले बताए।
यस अस्पताललाई नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाएर आम सर्वसाधारणलाई चुस्त दुरुस्त सेवा दिने हाम्रो प्राथमिकता हो। हप्ताको ६ दिन बिहान-बेलुका ओपीडी सेवा सञ्चालन गरेका छौं,’ उनले भने। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ मृगौला प्रत्यारोपण तथा मुत्ररोग विशेषज्ञका रूपमा काम गरिसकेका डा. कुँवरले मिर्गौला प्रत्यारोपण सम्बन्धी ओपीडी सेवा पनि सञ्चालनमा रहेको प्रष्ट पारे।
याे सय बेडको अस्पतालमा ५० बेडको डायलाइसिस सेवा प्रदान गरी विविध क्षेत्रलाई प्राथमिकतामा राखी उत्कृष्ट सेवा दिने र भविष्यमा यस अस्पतालमा मिर्गौला प्रत्यारोपणको सेवा दिन यस अस्पताल परिवार आतुर छ,’ उनले भने। उनले नेपाल सरकारले प्रदान गर्ने बिमाका सेवाहरू सुचारु गरी नेपालभरिका बिरामीलाई सर्वशुलभ र भरपर्दो सेवा दिने तयारी समेत रहेको बताए। उनले सेवामुखी संस्थाहरूले डायलाइसिस मेसिन पनि अनुदान स्वरुप दिन सकिने बताएका छन्।