२०८० साउन २४, काठमाडौँ । काठमाडौंको शंखपार्कमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । लायन्स क्लब अफ टेम्पल गणेशको आयोजनामा ग्राण्डी अस्पताल काठमाडौंको समन्वयमा साउन २७ गते शनिबार सो कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम बिहान ११:०० बजेदेखि बेलुका ४:०० बजेसम्म सञ्चालन हुने समाजसेवी तथा सञ्चारकर्मी राजन थापाले जानकारी दिएका छन्। बृहत रक्तदान कार्यक्रम काठमाडौंको धुम्बाराही स्थित शंखपार्कमा हुनेछ ।
विभिन्न महामारीका कारण रगत अभाव भइरहेको अवस्थामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको सम्बन्धित संस्थाले जनाएको छ। खुल्ला रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्ने लायन्स क्लब अफ टेम्पल गणेशको अध्यक्ष अप्सरा आचार्यले सबैलाई आग्रह गरेकी छिन् । सञ्चार कर्मी : राजन थापा।