ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

‘बाथरोग निवारणमा सरकारले लगानी नै गरेन’–वरिष्ठ बाथरोग विशेषज्ञ पौड्याल


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२६ असाेज, काठमाण्डौ । अक्टोबर १२ अर्थात विश्व बाथरोग डे विशेष कार्यक्रम गरी मनाइएको छ । बाथरोग मैत्री समाज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा पाटन हस्पिटलको सभाहलमा बिहीबार बाथरोग चेतना कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा सबैले यथास्थानमा आसन ग्रहण गरेका थिए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. फवनकुमार शर्माले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा विशेष वक्ताको रुपमा पाटन हस्पिटलका वरिष्ठ फिजिसियन/ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धिप्रसाद पौड्यालले नेपालमा बाथरोगको विगत, वर्तमान, भविष्य र बाथरोग दिवशको महत्वबारे प्रकाश पारेका थिए । डा पौड्यालले बाथरोग निवारणमा सरकारले लगानी नै नगरेको र अरु रोग सरह यस रोगलाई प्राथमिकतामा नराखेको बताए् । उनले नेपालमा अनुमानित १० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथरोग रहेको र पछिल्ला बर्षहरुमा झन् बढ्दै गएको भएपनि सरकारले चिन्ता नदेखाएको बताए ।

ADVERTISEMENT

साथै यस रोगको औषधी उपचार समेत खर्चिलो रहेको डा पौड्यालले बताए । पछिल्ला बर्षहरुमा नेपालमा पनि बाथरोगको उपचार सुबिधाहरु बढ्दै गएको उनले बताए । डा पौड्यालले सरकारले नीति नै बनाएर बाथरोग निवारणमा पहलकदमी थाल्नुपर्ने औंल्याए ।

सचेतना दिइने उदेश्यकासाथ गरिएको त्यस कार्यक्रममा पाटन अस्पतालका वरिष्ठ बाथरोग विशेषज्ञ उप प्रा.डा. लक्की शर्माले बाथरोगका प्रकारहरु, पहिचान र व्यवस्थापनका बारेमा प्रकाश पारेका थिए । त्यसैगरी पाटन अस्पतालका अर्का वरिष्ठ बाथरोग विशेषज्ञ उप प्रा.डा. केशवराज सिग्देलले बाथरोग सम्बन्धी भ्रम र तथ्यहरुबारे प्रकाश पारेका थिए । कार्यक्रममा बाथरोग लागेर उपचारपछि स्वास्थ्य लाभ गरिरहेका विभिन्न ब्यक्तिहरुले आफना भोगाइहरु सुनाएका थिए । वरिष्ठ सञ्चारकर्मी एवं बाथरोगमैत्री समाजका उपाध्यक्ष रुपा विमल क्षेत्रीले बाथरोग लागिसकेपछि उपचारका क्रममा आफुले भोगेका अनुभवहरु सेयर गरिन् । उनले बाथरोग सामान्य नभएको र सही उपचारका लागि विशेषज्ञ डाक्टरकोमा नै जानुपर्ने औंल्याइन् । निरन्तरको औषधी उपचार र योगाभ्यासले अहिले आफु बाथरोगबाट मुक्त भएको उनले सुनाइन् । बाथरोगको उपचारमा परिवारका हरेक सदस्यहरु साथ र सहयोग महत्वपुर्ण रहने उनले बताइन । त्यसैगरी नेपाल बाथरोग मैत्री समाजका सल्लाकार तथा निर्वतमान अध्यक्ष मोहन न्यौपानेले आफनो सम्पुर्ण परिवारका सदस्यहरु नै बाथरोगबाट पिडित भएपनि निरन्तरको औषधी उपचार, सकारात्मक सोच र धर्यताले सक्रिय जिवन बाँचिरहेको सुनाए । उनले भने ‘बाथरोगको लक्षण देखिनासाथ विशेषज्ञ डाक्टरकोमा गइहाल्नुपर्ने रहेछ, मेरो अनुभवनले त्यही भन्छ’ ।

कार्यक्रममा नेपाल बाथरोग मैत्री समाजका आजिवन सदस्य एवं लुपश सोसाइटी नेपालका अध्यक्ष बबिता बुढाथोकीले पनि बाथरोग बारे आफ्ना भोगाइहरु सार्वजनिक गरिन् । उनले आफुलाई लुपशको बाथ भइसकेपछि उपचारको क्रममा धेरै हैरानी र दुखपीडा पाएको सुनाइन् । उनले निरन्तरको उपचार, धर्यताले रोगको पिडाबाट मुक्ती पाउँदै आएको सुनाइन् ।

कार्यक्रममा प्रा.डा. नबिशमान सिंह प्रधान (विभागीय प्रमुख अर्थोपेडिक विभाग, पाटन अस्पताल) ले बाथरोग र हाडजोर्नी सम्बन्धी जटिलताबारे प्रकाश पारेका थिए । त्यसैगरी डा भिष्म पोखरेल (पेडियाट्रीक बिभाग, पाटन अस्पताल ) ले बाल्यावस्था र बाथरोग विषयमा आफ्ना धारणा राखेका थिए । त्यसैगरी बाथरोग मैत्री समाजका अध्यक्ष मेनुका आचार्यले नेपाल बाथरोग मैत्री समाजको गठन, उदेश्य, कार्यक्रम र औचित्यमाथी प्रकाश पार्दै धन्यवाद ज्ञापन गरि कार्यक्रम समापनको घोषणा गरेकी थिइन् । कार्यक्रममा सयौंको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 

चारवटा अस्पतालकाे सहकार्यमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको मेघा स्वास्थ्य सिविर 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host