ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आचरण विपरित कार्य गर्ने चिकित्सकको आत्मलोचना पछि केएमसीको विवाद समाधान


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
२६,पुष काठमाडौं । काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासिय चिकित्सक डा.विशद दाहालले आत्मलोचना गरेपछि विवाद समाधान भएको हो । आज कलेजका तर्फबाट सहायक प्राचार्य डा.पावना कायस्थ तथा कलेजका आन्दोलनरत आवासिय चिकित्सकहरुका तर्फबाट प्रतिनिधित्व गर्ने डा.बिजय केसीविच सहमति भई विवाद समाधान भएको हो ।

डा.विशद दाहालले विगतका कमीकमजोरी स्वीकार्दै आत्मलोचना गरेपछि काठमाडौं मेडिकल कलेजले उनको निलम्बन समेत फिर्ता लिएको छ । आज बसेको वार्तामा दुई पक्षविच कलेजले सञ्चालन गर्ने निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित र सहज रुपमा सञ्चालन गर्न समेत आठ बुँदे सहमति गरिएको छ ।

मंगलबार शिक्षामन्त्री अशोककुमार राईले पत्र नै काटेर निलम्बित डा.विशद दाहालको निलम्बन फुकुवा गर्न कलेजलाई निर्देशन दिएका थिए । आचरण विपरित कार्य गरेको भन्दै निलम्बन गरिएका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै लागेपछि त्यसअघि सकारात्मक भएको वार्ता विथोलिएको थियो । सोक्रममा कलेजका सञ्चालक डा. सुनिलकुमार शर्माले कलेजको स्वास्थ्य सेवा र शैक्षिक गतिविधि नै प्रभाव पार्ने कार्य गरेका चिकित्सकको पक्षमा शिक्षामन्त्री नै उभिनु लज्जास्पद र हास्यास्पद भन्दै विशद दाहाललाई विश्वविद्यालयमै फर्काइदिने र शिक्षामन्त्रीको निर्देशनको विरुद्ध कानुनी कारवाहीमा जाने चेतावनी दिएका थिए ।

सहमति अनुसार आवासिय चिकित्सकहरुले पुष १२ गते घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई नियमित कामकाज र अध्ययनमा फर्कने, ८१ जना आवासिय चिकित्सकले पुष ११ गते कुनैपनि स्वास्थ्य शिविरहरुमा संलग्न नहुने भनि दिएको निवेदन बदर हुने तथा कलेजले स्थानीय स्तरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा संलग्न हुने भनिएको छ ।

यस्तै, निःशुल्क स्वास्थ्य शिविरका सवालमा अब उप्रान्त अर्को व्यवस्था नभएसम्म २ हप्तामा ३ पटक र स्टे क्याम्प महिनामा एक पटक वा अस्पताल व्यवस्थापनले आवश्यक ठाने बढिमा २ पटकसम्म आयोजना गर्ने, शिविर हुने ठाउँ, दुरी र आवश्यक्ताको आधारमा एक पटकको आवासिय स्वास्थ्य शिविर सामान्यतया एक हप्तासम्मको हुने तथा एक हप्ताभित्र विभिन्न ठाउँहरुमा गरिने शिविरलाई एउटा स्टे क्याम्पका रुपमा गणना गरिने लगायतको सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host